पढ्न करिब 1 मिनेट लाग्छ

जितेन्द्र भण्डारी/वैशाख १६, पाँचथर । पाँचथरको सदरमुकाम फिदिम नगरपालिकामा आज बाट साताब्यापी सरसफाई अभियान थालिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाट शुरु गरिएको सरसफाई फिदिम वजार हुँदै सुम्हात्लुङ मन्दिर,पाँचथर बहुमुखी क्याम्पस आसपास लगायतको क्षेत्रमा सरसफाई गरिएको थियो ।

फिदिम नगरपालिकाको आयोजनामा अव प्रत्येक हप्ताको शनिबार विहान वजार क्षेत्र सरसफाई गर्न थालिएको फिदिम नगरपालिका कार्यालयका कार्यकारी अधिकृत गुरुदत्त सुवेदीले वताउनुभयो । अव आफनो घर,आँगनको सरसफाई स्वयम घरधनी तथा ब्यवसायिले गर्नुपर्ने उहाँले नगरवासीलाई आग्रह गर्नुभयो ।

यस्तै उद्योग वाणिज्य संघ पाँचथरका जिल्ला अध्यक्ष मित्र प्रसाद काफलेले अव वजार क्षेत्रमा टोल सुधार समिती बनाउनुपर्ने र समितीले अक्षयकोष स्थापना गरेर नियमित सरसफाई गर्नुपर्ने वताउनुभयो ।

यस्तै वाणिज्य संघ पाँचथर जिल्ला सचिव प्रकाश गुरुङले नगरवासी आफै सक्रिय नभए सम्म प्रहरी प्रशासन र कर्मचारीले मात्रै सरसफाई गरेर नहुने वताउनुभयो ।

त्यसैगरी स्थानिय शान्ति समिती पाँचथर संयोजक नरेन्द्र दुलालले नगरपालिकाले टोल सुधार समिती बनाउन पहल गर्नुपर्ने र समितीले नियमित सरसफाई गर्नुपर्ने वताउनुभयो ।