Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सप्तरीको सुरुङ्गामा दुर्घटना हुँदा एकको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

बैशाख १७, राजविराज | पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–७ मा भारतीय सुमोगाडीको ठक्करबाट शनिबार साँझ एकजना साइकलयात्रीको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बिआर३०पी १२०० नंको सुमोगाडीले ठक्कर दिँदा सप्तरीको मल्हनवा–४ निवासी ४२ वर्षीय साइकलयात्री बद्री साहको मृत्यु भएको इप्रका, कडोरबनाले जनाएको छ ।

यस्तै सप्तरीको कञ्चनरुप नगरपालिका–९ मा पिकअप भ्यान दुर्घटना हुँदा सातजना यात्रु घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को१ज ३४८९ नंको पिकअप भ्यानको टायर पञ्चर भई अनियन्त्रित भई सोही दिशाबाट जन्ती बोकेर आउँदै गरेको स१ज १३७ नंको बसले ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

पिकअप भ्यानमा सवार घाइतेहरुको धर्मेश्वर अस्पताल, ठेलियामा उपचार भइरहेको छ भने दुवै सवारी साधनलाई इप्रका, कञ्चपुरले नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । रासस