बैशाख २०, उदयपुर । विद्यालयमा बालबालिकाहरुको सिकाई प्रक्रिया कम्जोर भएकोले  सिकाई उपलब्धी अभिबृद्धिका लागी सो सँग सम्बन्धीत क्रियाकलापहरुमा जोड दिनुपर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...


बैशाख २०, उदयपुर । विद्यालयमा बालबालिकाहरुको सिकाई प्रक्रिया कम्जोर भएकोले  सिकाई उपलब्धी अभिबृद्धिका लागी सो सँग सम्बन्धीत क्रियाकलापहरुमा जोड दिनुपर्"/>

२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

बालबालिकाहरुको सिकाई उपलब्धी अभिबृद्धिका लागी सुनाई

२०७४, २० बैशाख बुधबार १०:५९


बैशाख २०, उदयपुर । विद्यालयमा बालबालिकाहरुको सिकाई प्रक्रिया कम्जोर भएकोले  सिकाई उपलब्धी अभिबृद्धिका लागी सो सँग सम्बन्धीत क्रियाकलापहरुमा जोड दिनुपर्ने कुरा एक कार्यक्रमका सहभागीहरुले बताएकाछन् ।

जिल्लाका तिन गाविसहरु रौता, पोखरी र जाँते गाविसका १० वटा विद्यालयका ३० जना शिक्षकहरुको सहभागितामा मंगलबार देखि शुरु भएको तिन दिवसीय तालिमका सहभागीहरुले सो कुरा बताएका छन् ।

तालिम उद्घाटन कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै सहायक जिल्ला शिक्षा अधिकारी रामेश्वर कुँवरले जिल्ला शिक्षा कार्यालय मार्फत सिकाई अभिबृद्धिका लागि प्रयासहरु नभएका होईनन तर उपलब्धी सोचे जस्तो हुननसकेको बताउनुभयो ।

उहाँले बालबालिकाहरुको सिकाई अभिबृद्धिका लागि तिन पक्ष अत्यन्तै जिम्मेवार भएको समेत औल्याउनुभयो । सहायक जिशिअ कुँवरले घरमा अभिभावक, विद्यालयमा शिक्षक र विद्यार्थी आफै जिम्मेवार बन्न नसकेकोले समस्या ज्युँका त्युँ रहेको बताउनुभयो ।


वल्र्डभिजन ईन्टरनेशनल नेपाल उदयपुर एलपीए र जाल्पा एकिकृत विकास समाज उदयपुरको साझेदारीमा जिल्ला शिक्षा कार्यालयको समन्वयमा संचालित शिक्षा परियोजना अन्तर्गत साक्षरता प्रबलीकरण कार्यक्रम लागू भएका गाविसका ३० जना शिक्षक शिक्षिकाको सो तालिममा सहभागीता रहेकोछ ।

बालबालिकाहरुको सिकाई उपलब्धी बढाउनका लागि अक्षर ज्ञान, ध्वनि सचेतना, शब्द भण्डार, पठन वेग र बोध सीपहरुको बारेमा सहभागिहरुलाई सहजीकरण भईरहेको तालिमका सहजकर्ता सविता गुङले बताउनुभयो ।

भाषाका ४ सीपहरु: सुनाई, बोलाई, पढाई र लेखाईलाई बढी केन्द्रित गरि शिक्षकहरुमा विषयबस्तुहरुको बारेमा ज्ञान र सिप अभिबृद्धि गर्ने वल्र्डभिजन ईन्टरनेशनल उदयपुर एलपीएका म्यानेजर चेतराज भट्टराईले जानकारी गराउनुभयो ।

कार्यक्षेत्रका १० वटा विद्यालयहरुमा बुक कर्नरका लागि बाल कथाका पुस्तक, पुस्तकालय दराज त्यस्तै २६ वटा पढाई शिविरहरुलाई त्रिपाल, स्टेशनरी, बाक्सा, बाल कथाका पुस्तकहरु समेत उपलब्ध गराईएको परियोजना संयोजक अजयकुमार साहले बताउनुभयो । कार्यक्रम संस्थाका कार्यकारी निर्देशक कमल बहादुर कटुवालको अध्यक्षतामा संचालन गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो