2026-09-18 07:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा म्यादी प्रहरीद्वारा गाउँले कुटिए, गाडीसमेत तोडफोड


बैशाख २५, प्यूठान । मदिरा सेवन गरी लठ्ठिएका म्यादी प्रहरीले गौमुखी गाउँपालिका वडा नं. ५ खुङमा गाउँलेहरुलाई कुटपिट गरेका छन् । 

शनिवार रातीको समयमा सुतीरहेका स्थानीयलाई कुटपिट गरेका उनीहरुले पार्किङ गरी राखेका सवारी जिपमा समेत तोडफोड गरेका छन् । शनिवार राती भएको घटना भने प्रहरीले बाहिर ल्याएको छैन ।

मदिरा सेवन गरी स्थानीयलाई कुटपिट गर्नेहरु शिशिर मल्ल, किशोर मल्ल, राजेन्द्र केसी, रमेश मल्ल र शरद मल्ल हुन् । यी मध्ये किशोर र शरद स्थानीय तह निर्वाचनका लागि भर्ना भई तालिमका लागि गाउँ गएका म्यादी प्रहरी हुन् ।

उनीहरुले गौमुखी गा.पा. ५ नं वडा निवासी पुना केसी, लोक बहादुर थापा र अस्मिता थापालाई कुटपिट गरेका हुन् । पुनाको घरमा झगडा गरीरहेका बेला छुट्टाउन भनी गएका थापाका श्रीमान श्रीमतीलाई पनि २ जना म्यादी सहित अन्य ३ जनाले घरमै कुटपिट गरेका हुन् ।

उनीहरुलाई निर्घात कुटपिटमा संलग्न युवाहरुले नजिकै पार्किङ गरी राखेको लु १ ज २०२४ नं. को सवारी जीपमा समेत तोडफोड गरेका छन् । बाटोमा फालेका बियरका बोतल र ढुङ्गा प्रहार गरी उनीहरुले गाडीको सिसा, लुकिङ ग्लास लगायतमा तोडफोड गरी क्षति पु¥याएको गाडी धनी लक्ष्मण गिरीले बताए ।

घटनामा म्यादी प्रहरी संलग्न रहेको थाहा भएपछि प्रहरीले सो घटना बाहिर ल्याउन चाहेको छैन । अनुसन्धानका लागि जिल्ला प्रहरीमा ल्याएका उनीहरुको नाम र वास्तविकता बारे सोधपुछ गर्न खोज्दा इन्पेक्टर नृप बहादुर बोहोराले संचारमाध्यमलाई खबर र सुचना दिन मानेनन् । प्रहरीको कन्ट्रोल नं. १०० मा समेत सोधपुछ गर्न खोज्दा सुचना दिन आनाकानी गरेका छन् ।

सोमवार दिउँसो जिल्ला प्रहरीमा पिडित पक्षहरु उजुरी दिन आएपश्चात मात्र यो घटना बाहिर आएको हो । 

अहिले प्रहरीले पिडित र पिडक पक्ष दुबैलाई  राखेर छलफल गराएपनि खास बास्तविकताबारे जानकारी दिएका छैन । इलाका प्रहरी कार्यालय लिवासेमा पिडितहरुले उजुरी दिएपनि उचित क्षतिपुर्ति नपाएपछि पिडितहरु जिल्ला प्रहरीमा आएका छन् ।

प्रहरीले राजनैतिक दलको सपोर्टमा पिडितहरुको भन्दा पिडकहरुको समर्थन गरेको भन्दै आफूहरुले प्रहरीबाट सहयोग नपाएको गुनासो गरेका छन् । स्थानीयलाई कुटपिट र गाडीमा तोडफोड गर्ने म्यादी सहितका युवाहरुलाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई