2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

सुँगुर आतङ्कले नगरवासी हैरान

May 9, 2017

बैशाख २६, राजविराज । विगत लामो समयदेखि सप्तरीको सदरमुकाम राजविराज नगर क्षेत्रमा सुँगुर छाडा छोडिँदा नगरवासी हैरानी खेप्न बाध्य भएका छन् । 

करिब ६० बिगाहा क्षेत्रफलमा फैलिएको राजविराज नगरपालिकाभित्र सुँगुर छाडापनका कारण यहाँका सर्वसाधारण जनताले दैनिक दुःख पाउनुको साथै राजविराज नगरपालिकाले सँुगुर नियन्त्रण गर्नमा ध्यान नदिएकाले पनि नगरभित्रको मुख्य चोकमा सुँगुरले दिसा गर्ने र थुपारिएको फोहरमा मुखले खनेपछि ठाउँठाउँमा दुर्गन्ध फैलिने गरेको पाइएको स्थानीय सञ्जय चौधरीले बताउनुभयो । 

राजविराजको मुख्य चोकहरु – दर्शन चोक, गजेन्द्र चोक, महावीर चोक, अस्पताल चोक र हटिया लाइनसहितका मानिसको चहलपहल बढी हुने ठाउँमा जताततैबाट सुँगुर आएर दिसा गर्नाले झन् नगरमा दुर्गन्ध फैलिएको नगरवासीले गुनासो गरेका छन् । 

वर्षौंदेखि यत्रतत्र सुँगुरले नगरमा सर्वसाधारणलाई हैरान पार्दै यहाँ दुर्गन्ध फैलाउँदासमेत यसप्रति नगरपालिकाले कुनै ध्यान नदिएको नगरवासीको आरोप छ । 

सुँगुर पालकले सुँगुरलाई आफ्नो खोरमा नराखेकाले पनि राजविराजमा सुँगुर आतङ्क बढ्दै गएको सर्वसाधारणले गुनासो गरेका छन् । साथै, जहाँतहाँ सुगुरले फोहर गर्नाले नगरमा रोगको सङ्कमण समेत फैलिने सम्भवना देखिएको यहाँका बुद्धिजीवीको भनाइ छ । 

यसप्रति सम्बन्धित निकायले ध्यान नदिई सुँगुरबाट यहाँ दुर्गन्ध फैलिएर लामखुट्टेको सङ्ख्यामा वृद्धि हुँदा साँझ परेदेखि नै लामखुट्टेले टोक्ने गरेको राजविराज–४ का मुकेश यादवले बताउनुभयो । 

साथै, लामखुट्टेको टोकाइबाट मलेरियाजस्ता रोग लाग्न सक्ने बताइएको छ । राजविराजका गल्लीगल्लीमा बस्ने सर्वसाधारण जनतालाई मात्र नभई अधिकांश सरकारी कार्यालयमा समेत सुँगुर पसेर कामकाजका लागि आउने सेवाग्राहीलाई हैरान गर्ने गरेको एक सेवाग्राहीले गुनासो गरेका छन् । 

यसैबीच, राजविराज नगर क्षेत्रमा बढेको सुँगुर आतङ्कबारे सर्वसाधारण जनताबाट गुनासो पाइएपछि सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले सुँगुर छडापनका कारण यहाँका जनताले भोग्नुपरेको समस्या नियन्त्रणका लागि सबैतिरबाट प्रयास भइरहेको जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक