बैशाख २६, भोजपुर । जिल्ला समन्वय समिति भोजपुरले जिल्लाको गतिविधि समेटिएको पाश्र्वचित्र निर्माण गर्ने भएको छ । 

आगामी असार तेस्रो हप्ताभित्र प्रकाशित ह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख २६, भोजपुर । जिल्ला समन्वय समिति भोजपुरले जिल्लाको गतिविधि समेटिएको पाश्र्वचित्र निर्माण गर्ने भएको छ । 

आगामी असार तेस्रो हप्ताभित्र प्रकाशित ह"/>

2026-11-02 12:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

पहिलोपटक भोजपुरमा पाश्र्वचित्र निर्माण हुने

बैशाख २६, भोजपुर । जिल्ला समन्वय समिति भोजपुरले जिल्लाको गतिविधि समेटिएको पाश्र्वचित्र निर्माण गर्ने भएको छ । 

आगामी असार तेस्रो हप्ताभित्र प्रकाशित हुने पाश्र्वचित्र तयारीका लागि तथ्याङ्क अधिकृत संयोजक रहने गरी १२ सदस्यीय कार्यदल समेत गठन गरिएको छ । 

पाश्र्वचित्रका लागि जनसङ्ख्या, शिक्षा, भौतिक, पूर्वाधार, कृषि, सिँचाइ, वन तथा भूसंरक्षण, धर्म, संस्कृति, पर्यटन, वित्तीय विवरण, सङ्घसंस्थालगायत नौवटा विषयमा तथ्याङ्क सङ्कलन गरिने भएको छ । 

जिल्लामै पहिलो पटक निर्माण गर्न लागिएको पाश्र्वचित्रले पुरानो संरचना र अहिलेको संरचनालाई मिलाउन पुलको काम गर्ने जिल्ला समन्वय समितिका सूचना अधिकारी धनकुमार राईले बताउनुभयो । 

पाश्र्वचित्र निर्माण गर्दा जिल्लामा सञ्चालित रेडियो, पत्रपत्रिका, अनलाइन र समसामयिक विषयवस्तुको विवरणसमेत समेट्न सम्बन्धित निकायले सुझाव दिएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द