पढ्न करिब 1 मिनेट लाग्छ

बैशाख २६, गुल्मी । गुल्मीमा एक युवतीले आत्महत्या गरेकी छिन ।

वडा नम्वर २ मुसिकोट देउरालीकी १९ वर्षिया मधु पन्त घिमिरेले उनको माईती घर वामीटक्सारमा झुण्डिएर आत्महत्या गरेको प्रहरी सहायक निरीक्षक सत्य नारायण यादवले जानकारी दिए ।

उनले ३ वर्ष अघि मुसिकोट देउरीका धनिश्वर घिमिरेसँग प्रेम विवाह गरेकी थिइन् । विवाह गरेर माइतीमै बसेर पढ्ने गरेको र गत कार्तिक महिनादेखि उनी घरमा गएकी थिइनन् ।

उनका श्रीमान् एक महिनाअघि काठमाडौँबाट घर आएको र दुवैको सम्वन्ध राम्रै पाइएको मुसिकोट दउरालीका मदनदीप घिमिरेले बताए । उनले आत्महत्या गर्नुको कारण खुल्न नसेको प्रहरीले जनाएको छ ।