2026-09-19 09:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा जिप दुर्घटनामा १४ जना घाइते, तीन गम्भीर

जेठ ९, बैतडी | बैतडीको दशरथचन्द राजमार्गमा सोमबार साँझ जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । 

गम्भीर घाइते हुनेमा बैतडीको सुर्नया गाउँपालिका–८ सिखरपुरका ३२ वर्षीय धनीराम लुहार, सोही ठाउँका २२ वर्षीय इन्द्रराम लोहार र बल्देव विक रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्व शर्माले जानकारी दिनुभयो । 

गम्भीर घाइतेको जिल्ला अस्पताल बैतडीमा उपचार हुन नसक्दा थप उपचारका लागि कैलाली रिफर गरिएको उहाँले बताउनुभयो । अन्य घाइतेको उपचार जिल्ला अस्पताल बैतडीमा भइरहेको छ । 

बैतडीको खोडपेबाट सदरमुकाम गोठलापानीका लागि छुटेको से १ ज २४५ नम्बरको जिप सोमबार साँझ ७ बजे दशरथचन्द राजमार्गको दशरथचन्द नगरपालिका–४ छेला नजिक दुर्घटनामा परेकोे हो । 

जिप चालक दशरथचन्द नगरपालिका–२ का आनन्द बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जिप सडकवाट २० मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुल्न नसकेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई