२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा एकै दिन दुई युवाको मृत्यू

२०७४, ९ जेष्ठ मंगलवार १२:१६

पूर्णप्रसाद न्यौपाने | जेठ ९, ओखलढुंगा | ओखलढुंगामा आज एकैदिन दुई युवाको मृत्यू भएको छ । छुट्टा छुट्दै दुई घटनामा परि जिल्लाको पोकली र कुईभिरका दुई युवाको ज्यान गएको हो । 

लिखु गाउँपालिका ९ मा पर्ने पोकलीस्थित उज्जन श्रेष्ठका छोरा अन्दाजी १६ का विकास श्रेष्ठको लिखु नदीमा डुबेर मृत्यु भएको छ । स्थानीय कल्लेरी भन्ने स्थानमा लिखु नदिमा पौडी खेल्ने क्रममा हिजो साँझ श्रेष्ठ डुबेर बेपत्ता भएका थिए । आज विहान ९ ः ३० बजे डुबेको भन्दा ५० मिटर तल मृत अवस्थामा श्रेष्ठको शव फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक मिलन केसीले जानकारी दिनुभयो । पौडी खेल्नेक्रममा ज्यान गुमाउने विकास द्धोन्द्धकालमा माओवादी कार्यकर्ताले हत्या गरेका उज्जन श्रेष्ठका छोरा हुन् । बुबाको द्धोन्द्धकालमा र छोराको अकालमा मृत्यू भएपछि श्रेष्ठ परिवार शोकमा डुवेको छ ।

यसैबिच ओखलढुंगा कुइभीर ३ निवासी गोविन राइ (राम) को भीरबाट लडेर मृत्यु भएको छ । मंगलबार बिहान घास काटनका लागि घर नजिकै रहेको भदौरे भीरमा गएका थिए । घास काटने क्रममा भीरबाट लडेको स्थानीयले बताएका छन । यस विषयमा जानकारी नभएको तर हल्ला सुनेपछि त्यसतर्फ प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु