जेठ १४, कञ्चनपुर | कञ्चनपुर भिमदत्त नगरपालिका वडा नं. ११ बस्ने २३ वर्षिय सागर चन्दको आफु कार्यरत कार्यालयकै कोठाको कम्पाण्डमा मृत्यु रहस्यमय मृत्यु भएको छ । यहि जेठ ९ ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १४, कञ्चनपुर | कञ्चनपुर भिमदत्त नगरपालिका वडा नं. ११ बस्ने २३ वर्षिय सागर चन्दको आफु कार्यरत कार्यालयकै कोठाको कम्पाण्डमा मृत्यु रहस्यमय मृत्यु भएको छ । यहि जेठ ९ ग"/>
2026-09-19 12:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरका २३ बर्षिय युवाको नेपालगञ्जमा रहस्यमय मृत्यु

जेठ १४, कञ्चनपुर | कञ्चनपुर भिमदत्त नगरपालिका वडा नं. ११ बस्ने २३ वर्षिय सागर चन्दको आफु कार्यरत कार्यालयकै कोठाको कम्पाण्डमा मृत्यु रहस्यमय मृत्यु भएको छ । यहि जेठ ९ गते राती बाँके जिल्ला नेपालगञ्ज उप महानगरपालिका वडा नं. १३ बुलबुलिया स्थित साना तथा मझौला कृषक आय स्तर बृद्धि आयोजना (RISM-FP) को कोठामा भएको घटना प्रति उनका आफन्तले आपती जनाएका छन् ।

(RISM-FP) मा सव ईन्जिनियर पदमा कार्यरत चन्द १० गते बिहान मृत्य फेला परेको थिए । रातीको समयमा भएको उक्त घटनाबारे चन्दको कोठामा बस्ने कर्मचारी लगायत सोही कोठामा बस्ने कर्मचारी घटनाबारे अनविज्ञता व्यक्त गरिरहेका छन् ।

 एउटै कोठामा बस्ने कर्मचारीहरुले घटनाबारे दोस्रो दिनको विहान मात्रै जानकारी पाएको बताएका छन् । उक्त घटनाको प्रारम्भिक रिर्पोटमा विषादि सेवन गरि घरको छतबाट हाम फालेर मृत्यु भएको भन्ने जस्ता सुचना प्रति हाम्रो आशंका र आपत्ति रहेको आफन्तले निकालेको प्रेस बिज्ञप्तीमा उल्लेख छ । घटनाको प्रकृति र घटनास्थल हेर्दा उक्त घटना आत्माहत्या नभएर मृतक चन्दमाथी परिपञ्च रचि योजनाबद्ध रुपमा हत्या गरे गराइएको जस्तो देखिन्छ । मृतक सागर हिजो आजका दिनमा आफ्नो सफलतापुर्ण सामान्य जीवनयापन गर्दै आएको अवस्था स्पष्ट छ ।

सागरको पारिवारिक अवस्था पनि राम्रो रहेको र कुनै त्यस्तो आत्महत्या गरिहाल्नुपर्ने ठोस् कारण पनि कुनैकतैबाट देखिदैन, छैन पनि । यस घटनाबारे आत्महत्या गरेको कुरा भ्रमपुर्ण र  भुटो हो, घटना  कसैले परिपञ्च रचि घटना गराइएको हो भन्ने कुरामा तपसिलका तथ्यहरुको आधारमा हामीहरुलाई विश्वास लागेकोले  घटनाबारे जिल्ला प्रहरी कार्यालय बाँकेमा मिति २०७४ जेठ १० गते मृतक सागर चन्दका बुवा दिपेन्द्र बहादुर चन्दले कर्तव्य ज्यान मुद्धा सम्बन्धि जाहेरी दिइ सकेकोले उक्त घटनाको सत्य तथ्य छानविन गरि सक्दो चाडो  दोषिमाथी कानुनी कार्वाही  गर्न सम्बन्धित निकायलाई ध्यान आकर्षण गराउदछौ ।

साथै उक्त घटनाको सत्य तथ्य बाहिर ल्याई हामी पिडित परिवारलाई सहयोग गरिदिन हुन सम्पुर्ण न्यानप्रेमी, नागरिक समाज तथा संचारकर्मीहरुमा आग्रह गर्दछौ भनी उनका सहोदर दाई राकेश चन्दले हस्ताक्षर गरेको प्रेस बिज्ञप्तीमा उल्लेख गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई