सागर शर्मा | जेठ १५, प्युठान | १० औं गणतन्त्र दिवसको अवसर पारेर जिल्ला अस्पताल प्युठानमा भर्ना भएका बिरामीहरुलाई फलफुल बितरण तथा रक्तदान कार्यक्रम गरिएको छ । समाजका लागि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा | जेठ १५, प्युठान | १० औं गणतन्त्र दिवसको अवसर पारेर जिल्ला अस्पताल प्युठानमा भर्ना भएका बिरामीहरुलाई फलफुल बितरण तथा रक्तदान कार्यक्रम गरिएको छ । समाजका लागि"/>

२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

गणतन्त्र दिवसमा फलफुल वितरण तथा रक्तदान

२०७४, १५ जेष्ठ सोमबार १०:२२


सागर शर्मा | जेठ १५, प्युठान | १० औं गणतन्त्र दिवसको अवसर पारेर जिल्ला अस्पताल प्युठानमा भर्ना भएका बिरामीहरुलाई फलफुल बितरण तथा रक्तदान कार्यक्रम गरिएको छ । समाजका लागि युवाको १ दिने कार्यक्रम अन्तर्गत जिल्ला युवा समितीले सो कार्यक्रम गरेको हो । 

कार्यक्रममा प्रमुख अतिथि जिल्ला न्यायधिस बासुदेव न्यौपानेले गणतन्त्र संस्थागत हुने चरणमा रहेको वताउनुभयो । उहाँले देश परिवर्तका संवाहक युवा भएकाले गणतन्त्र संस्थागत गर्नमा युवाको भुमिका महत्वपूर्ण हुने वताउनुभयो । कार्यक्रमका विषेश अतिथि प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले आजको दिन नेपालको सन्दर्भमा ऐतिहासिक भएको वताउदै गणतन्त्र स्थापना पछि मात्र अन्य सामाजिक ,आर्थिक, क्षेत्रको विकास हुने वताउनुभयो । साथै रेडक्रस प्युठानका सभापति गुमानराज पुलामीले रक्तदानको विषयमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । 

कार्यक्रममा जिल्ला युवा समिति प्युठानका अध्यक्ष नेगन सिंह कुवरले समाजको विकास गर्नमा युवाहरुको महत्वपूर्ण भुमिका  रहेको बताउनुभयो । 

दिवसको अवसरमा आईतबार सहिद स्मारक पार्कको सिलान्यास, सोमबार प्रभातफेरी, बिरामीलाई फलफुल वितरण, रक्तदान सम्वन्धि चेतनामुलक कार्यक्रम र  मंगलबार दिपावली गरि दिवस मनाउने कार्यक्रम रहेको जिल्ला समन्वय समिति प्युठानका स्थानिय विकास अधिकारी तथा गणतन्त्र दिवस मुल समारोहका संयोजक  ईन्द्र प्रसाद बस्यालले वताउनुभयो ।

 कार्यक्रममा सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, प्युठान क्याम्पस, झिमु्रक क्याम्पस र स्वर्गद्धारी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेका थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ