अभिमनु कुमार पटेल/जेठ १९, रौतहट । बेल्जियममा बस्दै आईरहेकी समाजसेवी यसोदा थापाको जेठा छोरा उत्सव सुवेदी थापाको २४ औं जन्मदिनमा रौतहटका दुई असहाय अपाङला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अभिमनु कुमार पटेल/जेठ १९, रौतहट । बेल्जियममा बस्दै आईरहेकी समाजसेवी यसोदा थापाको जेठा छोरा उत्सव सुवेदी थापाको २४ औं जन्मदिनमा रौतहटका दुई असहाय अपाङला"/>

2026-11-02 03:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

समाजसेवी यशोदाका छोराको जन्म दिनमा दुई अपाङलाई राहत सहयोग वितरण


अभिमनु कुमार पटेल/जेठ १९, रौतहट । बेल्जियममा बस्दै आईरहेकी समाजसेवी यसोदा थापाको जेठा छोरा उत्सव सुवेदी थापाको २४ औं जन्मदिनमा रौतहटका दुई असहाय अपाङलाई राहत सामग्री वितरण गरिएको छ । 

चन्द्रपुर नगरपालिका वडा नं. १० बाल्चनपुर टोलमा ९० वर्षिया अपांग सिपती देवी माझी तथा सोही वडाका ७५ बर्षिया अपांग रजकलिया देवी पासवानलाई जनही ५० केजी चालम तथा एक एक थान साडी राहत स्वरुप प्रदान गरिएको हो । 

अपांग र असहायका सहारा बनेकी यशोदा थापाले आफ्ना जेठा छोरा उत्सव सुवेदीको जन्मदिन असहाय र अपांगको सहयोग गर्दै मनाउने अभिप्रयाले पठाएको रकमबाट उक्त सामग्रीहरु खरिद गरि स्थानिय बालचपुरबासी विगु पासवानको सहयोगमा वितरण गरिएको हो । 

विधवा ९० वर्षिया सिपती माझीको दुबै आँखा नदेखिनुको साथ उनका लालन पालनका लागि एक छोरी बाहेक अरु कोही नरहेको त्यस्तै अर्का ७५ वर्षिया विधवा रजकलिया देवी पासवानको दुबै खुट्टा काम नलाग्ने भएकाले सहयोगको गरिएको सहयोगमा सक्रिय भुमिका खेल्दैं आएका युवा प्रभावशाली समाजसेवी पत्रकार रिपोर्टस क्लब नेपाल रौतहटका अध्यक्ष अभिमनु कुमार पटेलले जानकारी गराउनु भएको छ । 

आफुहरु जस्ता अपांग र असहायलाई यस्ता सहयोग गरेकी यशोदाका छोराको दिर्घायुको कामना समेत माझी र पासवानले गरेकी थिएन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द