Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

भिजनले एकदेब र पेम्बालाई सम्मान गर्ने

२०७४, २४ जेष्ठ बुधबार ०८:४९

भिजन नेपाल ओखलढुंगाले संस्थाको पहिलो वार्षिक उत्सव विभिन्न कार्यक्रम गरी बनाउने निर्णय गरेको छ । बुधबार बसेको संस्थाको नियमित बैठकले साउन १ गते संस्था स्थापनाको पहिलो वार्षिक उत्सव भव्यताका साथ मनाउने निर्णय गरेको हो । २०७३ साउन १ गते जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा दर्ता भएको भिजन नेपाल ओखलढुंगाले भिजन नेपाल साप्ताहिक प्रकाशन र भिजन एफएम प्रसारण गर्दै आएको छ । 

साउन २ गते भिजन नेपाल साप्ताहिकको प्रकाशन सुरु गरेका दिन संस्था र पत्रिका दुवैको वार्षिक उत्सव भव्यताका साथ मनाउने निर्णय गरिएको भिजन नेपालका अध्यक्ष पूर्णप्रसाद न्यौपानेले बताउनुभयो । उहाँका अनुसार भिजनले वार्षिक उत्सवको अवसरमा भिजन नेपालका सल्लाहकार एकदेब अधिकारी र विश्वको सर्वोच्च शिखर सगरमाथामा भिजन एफएमको झण्डा फहराउने सफल आरोही पेम्बा शेर्पालाई सम्मान गर्ने निर्णय गरेको छ ।

 भिजन नेपाल स्थापना र स्थायीत्वका लागि शेर्पा र अधिकारीको योगदानको उच्च कदर गर्दै वार्षिक उत्सवका अवसरमा सम्मान गर्न लागिएको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । खिजीदेम्बा गाउँपालिका ९ पात्लेका सफल सगरमाथा आरोही पेम्बा शेर्पाले भिजन एफएमको झण्डा यहि जेठ ७ गते आईतबार सगरमाथामा फहराउनु भएको थियो । सगरमाथाको चुचुरोमा एफएमको झण्डा फर्फराएर भिजनको किर्तीमानी कायम गराउने शेर्पा र असल अभिभावकत्व प्रदान गर्ने अधिकारीलाई साउन २ गते ओखलढुंगामा बृहत कार्यक्रमका बिच सम्मान गरिने भिजन नेपाल ओखलढुंगाले जनाएको छ । 

भिजन आइडल हुने 

भिजन नेपाल ओखलढुंगाले हरेक वर्ष खुल्ला गायन प्रतियोगिता भिजन आइडल सञ्चालन गर्ने भएको छ । ग्रामिण क्षेत्रमा कला भएर पनि अवसर नपाएका कारण अघि बढ्न नसकेकाहरुको कला र गलाको विकासमा थप टेवा पु¥याउने उद्धेश्यले भिजनले हरेक वर्ष भिजन आइडल सञ्चालन गर्ने भएको हो । पहिलो पटक यस वर्ष खुल्ला रुपमा सञ्चालन गर्ने र अर्को वर्षदेखि गाउँ तथा नगरपालिका तह हुँदै चरणबद्ध प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको भिजन नेपालका सचिव एसबी जेरोले बताउनुभयो । भिजन एफएमको प्रसारण शुभारम्भ कार्यक्रममा पनि खुल्ला एकल नृत्य प्रतियोगिता आयोजना गरिएको थियो । 

न पक्ष न विपक्ष संधै निष्पक्ष भन्ने मुल ध्ययेका साथ गत साउन २ गतेबाट प्रकाशन सुरु गरिएको भिजन नेपाल ओखलढुंगा साप्ताहिक अहिले जिल्लाका सबै गाउँका पाठक माझ पु¥याइएको व्यवस्थापक रविन श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार भिजन साप्ताहिकमा ओखलढुंगाका खबर मात्रै प्रकाशन गर्ने गरिएको छ । भिजन नेपाल ओखलढुंगाले भिजन नेपाल साप्ताहिक प्रकाशन र भिजन एफएम प्रसारण गरिरहेको छ । भिजन एफएम जिल्लामा सबै भन्दा बढि क्षेत्रमा प्रसारण पहुँच भएको रेडियो हो,भने भिजन नेपाल साप्ताहिक जिल्लाको एकमात्र नियमीत प्रकाशनमा रहेको पत्रिका हो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै