सागर शर्मा/जेठ २५, प्युठान । आफ्नै कार्यालय प्रमुखले आफुमाथी जातीय विभेद गरेको जिल्ला शिक्षा कार्यालय प्युठानका विद्यालय निरिक्षक पुर्णवहादुर विश्वकर्माले आरोप ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सागर शर्मा/जेठ २५, प्युठान । आफ्नै कार्यालय प्रमुखले आफुमाथी जातीय विभेद गरेको जिल्ला शिक्षा कार्यालय प्युठानका विद्यालय निरिक्षक पुर्णवहादुर विश्वकर्माले आरोप ल"/>
2026-09-18 06:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानका जिल्ला शिक्षा अधिकारीले जातीय विभेद गरेको कर्मचारीको आरोप

सागर शर्मा/जेठ २५, प्युठान । आफ्नै कार्यालय प्रमुखले आफुमाथी जातीय विभेद गरेको जिल्ला शिक्षा कार्यालय प्युठानका विद्यालय निरिक्षक पुर्णवहादुर विश्वकर्माले आरोप लगाएका छन ।  

जिल्ला शिक्षा कार्यालय प्युठानका शिक्षा अधिकारी कल्पना घिमिरेले आफुलाई लक्षित गरि सामाजिक संजाल फेसबुक मार्फत जातीय विभेद गरेको उहाँले आरोप लगाउनुभएको हो । 

बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै विश्वकर्माले शिक्षा अधिकारीको सामाजिक संञ्जाल मार्फत दिएको अभिव्यक्ति आफुमाथी लक्षित भए पनि सिंगो दलित समुदाय माथीनै आँच पु¥याएको बताए ।  कार्यालय प्रमुखले सामान्य माफी मागेको भन्दै न्यायका लागि अदालत जाने उनले बताए । 

राष्ट्रिय दलित कर्मचारी समाजका केन्द्रिय उपाध्यक्ष समेत रहेका विश्वकर्माले उक्त विषयसँगै कार्यालयका कर्मचारीहरुलाई धम्की र त्रास दिने गरेको आरोप लगाए । झण्डै सात महिना अगाडी आफ्नो जन्मदिनको निम्तोमा शिक्षा अधिकारी उपस्थिति भएको र हाल त्यहि विषयलाई जोडेर फेसबुक  स्टयाटस मार्फत आफु र दलित समुदायलाई नै विदेभ गरेको उनको भनाई छ ।  

जिशिअ घिमिरेले जेठ १६ गते आफ्नो फेसबुक स्टयाटसमा “मैले मेरो जन्मदिन हालसम्म मनाउने गरेकी छैन एकदिन आफ्नो जन्मदिन भनेर एकजनाले मरिहत्तेगरेपछि सुख नपाएर गए किनकी  दलित भनेर आइन भन्छन भन्ने डरले हाल तिनको स्वभाव देख्दा वान्ता आइराछ ।”  लेखेकी थिईन  । 

कार्यालय प्रमुख घिमिरेले उक्त ‘स्टयाटस’ प्रति क्षमा मागि सकेको बताईन । विश्वकर्मालाई लक्षित गरि उक्त ‘स्टयाटस’ नलेखिएको भन्दै त्यसले परेको नकारात्मक असर प्रति आफुले माफी मागेको प्रतिक्रिया दिईन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई