Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ जेठ २५ गते, बिहान ७:०५ बजे
प्युठान - PTN

प्युठानको माडी नदीमा डुबेर एकको मृत्यु

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

सागर शर्मा/जेठ २५, प्युठान । स्वर्गद्वारी  नगरपालिका वडा नं  ७ बेलबास तापा निवासी ५९ वर्षिय तोयाराम घर्ति मगर माडी नदिमा मृत अवस्थामा फेला परेका छन ।

बुधवार बेलुका ५ बजे माछा मार्न जान्छु भनि  घरवाट निस्केका मगर साझ अबेर सम्म घरमा नफर्किएपछी परिवारले खोजी गर्दा विहिवार बिहान ६ बजे भिंग्री जुलुके नजिकैको माडी नदिमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । 

 जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार प्रहरी घट्ना स्थलमा पुगेर शवको उद्धार गरी इलाका प्रहरी कार्यालय भिंग्रीमा राखेको छ । प्रहरी वताए अनुसार मृतकको  सवको  स्वास्थ्य चौकी भिंग्रीमा पोष्टमार्टम पछि परिवारलाई जिम्मा लगाइने  प्युठान प्रहरी प्रमुख रञ्जित सिंह राठोरले वताए ।