2026-06-17 01:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

एक महिनादेखि दुई बालिका बेपता, खोजी दिन आग्रह

2017-06-14

जेठ ३१, राजविराज । सप्तरीको साबिक भारदह गाविस हाल हनुमाननगर कङ्कालनी नगरपालिका–१ बाट एक महिनाअगाडि घरबाट निस्केका दुई बालिका हालसम्म घर फर्किएका छैनन् । 

सोही नगरपालिका–१ भारदह निवासी दुःखी खड्गाकी १३ वर्षीया छोरी पारो र ७ वर्षीया छोरी सरोकुमारी खड्गा घरमा सामान्य विवाद हँुदा आवेशमा आएर घरबाट निस्केका र ती दुवै बालिका अहिलेसम्म घर नफर्केकाले परिवारजनमा रुवावासी भएको पीडित परिवारले जनाएको छ । 

स्थानीय विद्यालयमा कक्षा ९ मा अध्ययन गर्दै आएकी पारो वार्षिक परीक्षामा फेल भएको र घरको सदस्यले किन फेल भइस् भनेपछि सामान्य विवादका कारण घरबाट निस्केका ती दुवै बालिकालाई एक महिनादेखि जति खोजेपनि भेट्न नसकिएको उनका बुबा दुःखी खड्गाले बताउनुभयो । स्रोतका अनुसार घरबाट निस्केका ती दुवै बालिका भारदह चौकमा काँकडभिट्टा जाने बसमा चढेको बताइएको छ । 

यसैबीच, बेपत्ता भएका ती दुवै बालिकालाई खोजी गरिदिनहुन स्थानीय प्रशासन, मानवअधिकारकर्मी, सञ्चारकर्मी र सम्बन्धित निकाय तथा विभिन्न सङ्घसंस्था र नेपाल सरकारलाई समेत उनका परिवारले आग्रह गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ