पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>जेठ ३१, बैतडी । </b>बैतडीमा रक्सी खाएर होहल्ला गर्ने तीनजना म्यादी प्रहरी बर्खास्त भएका छन् ।<br></p><p>गएको चैतमा म्यादी प्रहरीमा भर्ना भएका सुर्नयाँ गाउँपालिकाका रामसिंह महारा, नरेन्द्र सिंह ऐरी र धर्मबहादुर मडैलाई बर्खास्त गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नावय उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।</p><p>उनीहरुले म्यादी प्रहरीको आवास गृहमा राति रक्सी खाएर प्रहरी अनुशासन विपरितको काम गरेकोले बर्खास्त गरिएको प्रहरीले जनाएको छ । </p>

