2026-11-02 05:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गरिने

सागर शर्मा/जेठ ३१, प्युठान ।  नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ का लागि  प्युठान जिल्लामा भएका विभिन्न प्रकारका भेदभाव, दुव्र्यवहार, कुटपिट, बलत्कार, यौन दुरव्यवार, वलत्कारको प्रयास, हत्या, गिरफ्तार लगाएतका घटनाहरुको  संकलन गरिएको छ । 

पछिल्लो ६ महिनामा प्युठानमा कुटपिटका घटना २ जना, बलत्कार, बलत्कारको प्रयास, यौन दुरव्र्यवहार बाट ५ जना, हत्या १ जना  , हिरासतमा मृत्यु १ जना र गिरफ्तार १० जनालाई गरेको तथ्यांक रहेको छ ।

 यी तथ्यांकमा अनुसार संकलन गरिएका घटनाहरुको अभिलेखको रुपमा राख्नको लागि पुस्तक प्रकाशन गर्नु भन्दा पहिले यसलाई थप विश्वसनिय बनाउन  र छुटेका कुराहरुलाई समावेश गर्नको लागि आज खंलगामा अन्र्तक्रिया कार्यक्रम गरिएको  ईन्सेक प्युठानका रविन्द्र पाण्डेले वताउनुभयो । साथै प्रत्येक वर्ष जिल्लामा घटेका मानव अधिकारका घटनाहरुलाई संकलन गरेर मानव अधिकार पुस्तक प्रकाशन गर्ने वताउनुभयो । 

कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले मानव अधिकार भावनात्मक पक्षलाई समेटेको पक्ष भएकाले यसले मानविय क्रियाबलापमा सचेतनाको भूमिका खेलेको बताउनुभयो । साथै समाजमा घटना नघटाउनको लागि सरकारी कार्यालय सम्वोधन गर्ने समेत वताउनुभयो । 

अन्र्तक्रिया कार्यक्रममा सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जका टंक खनाल, मानव कार्की, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगाएतको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द