Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

टिपर दुर्घटना हुँदा दाङमा चालकको मृत्यु

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

दाङ । दाङमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गढवा गाउँपालिका निवासी प्रभु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिए ।

दाङको बंगलाचुली गाउँपालिकामा चुनढुँगा लिन जान लागेको रा१ख १८५७ नम्बरको टिपर घोराही-तापा सडकखण्ड अन्तर्गत जुम्लेपानी भन्ने ठाउँमा बिहीबार राति सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।