२८ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मेलामा केटी साथी भेट्न नदिएको निहुँमा विवाद, आफ्नै पाँच साथीले गरे कृष्णकुमारको हत्या

५ कार्तिक २०८१, सोमबार १३:०५

सिरहा | सिरहाको गोलबजार नगरपालिका–१३ का २१ वर्षीय कृष्णकुमार महराको हत्या उनका आफ्नै साथीहरूले गरेको घटना सार्वजनिक भएको छ। असोज २८ गते साँझ सुखीपुर नगरपालिका–१० स्थित गागन खोलाको किनारमा बालुवाले छोपिएको अवस्थामा महराको शव फेला परेको थियो।

प्रहरी अनुसन्धानले दुर्गा मेला हेर्न गएका लागूऔषध सेवनकर्ता साथीहरूले योजना बनाएर हत्या गरेको पुष्टि गरेको छ।

हत्या आरोपमा गोलबजार नगरपालिका–१३, डंगराहा टोलका २७ वर्षीय सन्तोषकुमार महरा, २८ वर्षीय रोहित कुमार महरा, २१ वर्षीय धर्मेन्द्र महरा, १९ वर्षीय धिरज कुमार राम र २० वर्षीय मोहमद जमसेदलाई पक्राउ गरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए ।

यसरी भयो हत्या
असोज २७ गते राति कृष्ण र रोहित दुर्गा पूजाको मेला हेर्न सुखीपुर नगरपालिका–१०, शिवचौक पुगेका थिए। मेलामा भेटिएका साथीहरूले मादक पदार्थ र लागुऔषध (गाँजा र नाईट्राभेट ट्याबलेट) सेवन गरेका थिए।

त्यही क्रममा कृष्णले आफूले चिनेकी एक केटीसँग भेट्ने योजना सुनाए। साथीहरूले समेत ती महिलासँग भेट्ने इच्छा व्यक्त गरेपछि कृष्णले अस्वीकार गरे।

यो विवादकै बीच आवेगमा आएर पाँचै जनाले कृष्णको हत्या गर्ने योजना बनाए। चारैतिरबाट घेरा हालेर धारिलो कैंचीले कृष्णको घाँटी र पेटमा प्रहार गरी उनको निर्मम हत्या गरिएको प्रहरीले जनाएको छ।

हत्या लुकाउन उनीहरूले गागन खोलाको पश्चिम किनारमा खाल्डो खनेर कृष्णको शरीरको माथिल्लो भाग बालुवाले छोपेर फरार भएका थिए।

असोज २८ गते शव फेला परेको सूचनापछि प्रहरीले अनुसन्धान सुरु गर्दा घटना आफ्नै साथीहरूको संलग्नतामा भएको पत्ता लागेको हो। पाँचैजनालाई पक्राउ गरी सिरहा जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको डीएसपी पासवानले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रम्पले मस्क र रामास्वामीलाई सुम्पिए महत्वपूर्ण जिम्मेवारी दुई संसदीय समितिको बैठक आज बस्दै स्कटल्याण्डका माइकल लिस्क पोखरा एभेन्जर्समा अनुबन्ध यस्तो छ, बुधबारको विदेशी मुद्राको विनिमय दर रास्वपाले आज दोस्रो चरणको आन्दोलन घोषणा गर्दै यु–१९ महिला विश्वकप छनोट : अन्तिम खेलमा आज नेपाल युएईसँग खेल्दै आजको मौसमः देशका अधिकांश भूभागमा मौसम सफा रहने पूर्वमन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति महसुल नतिरेका उद्योगको लाइन जोड्ने र महशुल बक्यौता असुल गर्ने प्राधिकरण बोर्डको निर्णय पूर्वमन्त्री अधिकारी जोडिएको मानव तस्करी प्रकरणमा थप दुई पक्राउ मतियार र बिचौलियासँग कहिल्यै सम्झौता गर्दिन : मन्त्री पाण्डे बैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने ३ जना पक्राउ अपर तामाकोशीमा करोडौं मूल्यका सरसामान चोरी, के भन्छ कर्मचारी युनियन ? दीपक मनाङ्गे भए डिल्ली बजार कारागार चलान कप्तान पूजाको अलराउण्ड प्रदर्शनमा कुवेतविरुद्ध नेपालको १६५ रनको जित उद्योग मन्त्री भण्डारी र अस्ट्रेलियन राजदूत लियान जोन्स्टन बिच शिष्टाचार भेट सुदूरपश्चिम रोयल्सले गर्यो एनपिएलमा सहभागी हुने जर्सी सार्वजनिक कुलमानलाई पुनः सरकारले सोध्यो ६ बुँदे स्पष्टीकरण नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ? मौसम खुलेसँगै पोखराबाट भैरहवा उड्यो रवि चढेको विमान