Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मोबाइल चार्ज गर्ने क्रममा सर्लाहीमा करेन्ट लागेर किशोरको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

सर्लाही | सर्लाही गौडेता नगरपालिकामा करेन्ट लागेर एक किशोरको मृत्यु भएकोछ । मृत्यु हुनेमा वडा नं ५ रामवन निवासी १७ वर्षीय अमलेख ठाकुर रहेका छन् ।गए राति अमलेख अमलेख आफ्नै घरको तल्लो तल्लामा रहेको सुत्ने कोठामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। गम्भीर घाईते अमलेखलाई तत्काल उपचारको लागि मंलगवास्थित प्रादेशिक अस्पताल लगेका थिए।

प्रादेशिक अस्पताल मंलगवामा राति नै चिकित्सकहरूले अमलेखलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।