Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

ट्याक्टर दुर्घटना हुँदा भक्तपुरमा एक जनाको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | भक्तपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने ५ जना घाइते भएका छन् ।

चाँगुनारायणबाट डेकोचातर्फ जाँदै गरेको ना२त ९३४० नम्बरको ट्याक्टर चाँगुनारायण नगरपालिका-५ पिखेलमा दुर्घटना हुँदा सोही ठाउँका ४५ वर्षीय गोविन्द सुवालको मृत्यु भएको प्रहरीले जनएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका सुवालको उपचारका क्रममा अन्नपूर्ण न्यूरो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ |

ट्याक्टरमा सवार भक्तपुर नगरपालिका-२ व्यासीका ४८ वर्षीय गणेश सुवाल घाइते भएका छन् । उनको भक्तपुर अस्पतालमै उपचार भइरहेको छ । सामान्य घाइते भएका अन्य ४ जना डिस्चार्ज भइसकेका छन् ।