Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बस दुर्घटनामा २१ जना घाइते, तीनजना गम्भीर

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

दाङ | दाङको घोराहीबाट तुलसीपुर जादै गरेको बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्याल दाङका अनुसार शुक्रबार बिहान तुलसीपुर उपमहानगरपालिका-१८ बिजौरीको डाँडागाउँ नजिक रा १ ख १३८२ नम्बरको बस दुर्घटना हुँदा घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ।

घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी इश्वर थापाले जानकारी दिए।

घटनाकाे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बस चालक घाेराही-१० का मनाेज चाैधरी फरार छन्। बस सडक देखि तीन मिटर तल खसेकाे छ।