२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

हत्या कसुरमा जेल बसेर छुटेका दीपेन्द्र दर्जीको योजनामा हनी ट्रयाप!

२०८१, १४ मंसिर शुक्रबार १८:०६

भक्तपुर | भक्तपुरमा एक अहेबलाई हनी ट्रयापमा फसाउने योजनामा संलग्न व्यक्ति हत्या कसुरमा जेल बसेर छुटेको खुलासा भएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन जनालाई हनी ट्रयापको आरोपमा पक्राउ गरेपछि यो घटना बाहिर आएको हो।

अपराध अनुसन्धान कार्यालयका डीएसपी रोशन खड्काका अनुसार २०७१ सालमा व्यक्ति हत्याको कसुरमा जेल चलान भएका दीपेन्द्र दर्जीले यो योजना बनाएका थिए। उनी हाल फरार एक व्यक्तिसँग मिलेर यो घटना घटाएको बताइएको छ।

भक्तपुरमा मेडिकल सञ्चालन गर्दै आएका अहेब सुमन (नाम परिवर्तन) हनी ट्रयापको शिकार भएका हुन्। मेडिकलमार्फत अनलाइन सेवा दिने सुमनलाई वर्षा दर्जी नाम गरेकी महिलाले घाउको ड्रेसिङका लागि बोलाएकी थिइन्।

८ मंसिरमा वर्षाको भनाइअनुसार उनी भक्तपुरको मध्यपुर ठिमीमा रहेको एक कोठामा पुगे। तर, त्यहाँ कुनै घाउ नभएको थाहा पाएपछि अहेबले कोठाबाट बाहिरिन खोज्दा उनलाई फसाउने प्रयास गरियो। कोठाको चुकुल लगाएर बलात्कारको आरोप लगाउने धम्की दिइयो।

त्यसपछि दीपेन्द्र र अन्य व्यक्ति घटनास्थलमा आइपुगे। उनीहरूले अहेबलाई ब्ल्याकमेल गर्दै १८ लाख रुपैयाँ माग गरेका थिए। बार्गेनिङपछि ८ लाख रुपैयाँ दिने सहमति भयो। अहेबले नगद २५ हजार, क्युआरमार्फत २५ हजार, र ७५ हजारको चेक दिएका थिए।

ब्ल्याकमेलिङ र रकम असुलीका घटना दोहोरिएपछि अहेब प्रहरीमा पुगे। अपराध अनुसन्धान कार्यालयले १२ मंसिरमा भक्तपुरबाट दीपेन्द्र दर्जी, वर्षा दर्जी, र समृद्धि मगरलाई पक्राउ गर्‍यो।

पक्राउ परेकाहरूबाट ७५ हजारको चेक, नगद २०,५००, र चार मोबाइल बरामद गरिएको छ। अहिले भक्तपुर प्रहरीले उनीहरूमाथि आपराधिक लाभको कसुरमा अनुसन्धान गरिरहेको एसएसपी सानुराम भट्टराईले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला