2026-09-19 05:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

सार्वजनिक सुनुवाई कार्यक्रम खैरामा सम्पन्न

असार २२, प्यूठान । कृषी तथा खाद्य सुरक्षा आयोजनाको सार्वजनिक सुनुवाई तथा आार्थिक वर्ष ०७३/७४ को वार्षिक स्विकृत कार्यक्रमको सार्वजनिक सुनुवाई कार्यक्रम आज खैरामा सम्पन्न भएको छ।

जिल्ला कृषी विकास कार्यलय प्यूठान र जिल्ला पशु सेवा कार्यलय प्यूठानको आयोजना तथा नेपाल पत्रकार महासंघ जिल्ला कार्य समितीको कार्यलय प्यूठानको सह आयोजनामा सम्पन्न सुनुवाई कार्यक्रमको अध्यक्षता फूलवारी वाख्रा उत्पादक समुहका अध्यक्ष लिला वुढाथोकीले गर्नु भएको थियो । 

कृषी विकास कार्यलय प्यूठानका प्रमुख मधुसुदन घिमिरे, पशु सेवा कार्यलय प्यूठानका प्रमुख डा सरण कुमार पाण्डे, अर्का प्रतिनिधी डा खिमानन्द खनाल र कृषी तथा खाद्य सुरक्षा आयोजनाका फोकल पर्सन डोर वहादुर के सी उपस्थित सुनुवाई कार्यक्रमको उद्देश्य माथी कृषी विकास कार्यलय प्यूठानका प्रमुख मधुसुदन घिमिरेले प्रकास पार्नु भएको थियो।

उक्त सुनुवाई कार्यक्रममा लाली गुरास समुहका तर्फवाट तारा पोख्रेल र सकृय वाख्रा पाठशालाका तर्फवाट सुसिला जि सीले वोल्दै आज सम्म आफुहरूले ५ वटा थ्रेसर मात्र प्राप्त गरेको र कृषी कार्यका लागी टेक्टर भाडामा लिनु पर्ने समस्या रहेकाले कृषक समुहको सहजताका लागी टेक्टर उपलव्ध गराइदिन आग्रह गरेका छन्। कृषकको आग्रह प्रती आफ्नो राय राख्दै कृषी विकास कार्यलय प्यूठानका प्रमुख मधुसुदन घिमिरेले वढीमा पनी ३ लाख अनुदान नहुदै टेक्टर नआउने भएकाले गाविसमा ३ वटा मात्र टेक्टर पर्ने र सोही अनुरुप सो गाविसमा पनी परी सकेकाले यो सम्भव नरहेको भन्दै टेक्टर प्राप्त गरेका समुह संग मिलेर मेसिनरी सामान लिन सकिने वताउनु भएको छ।

साविकका १० वटा गाविसमा सञ्चालन हुदै आएको कृषी तथा खाद्य सुरक्षा आयोजना अवको ८ महिना पछी सकिने र सोही साविकका  १० गाविसमा ३० वटा साना अनुदान कार्यक्रम लागु हुने वताइएको छ।

त्यस्तै कृषी विकास कार्यलय प्यूठानका प्रमुख मधुसुदन घिमिरेले गहु र धानको वोटमा रोग लागेमा वोटनै उखेलेर सेवा केन्द्र लिएर जान आग्रह गर्नु भएको छ। वोयर वोकामा देखिएको समस्या समाधानका लागी खानपिनमा ध्यान दिन समेट सुझाव दिनु भएको छ।

कार्यक्रमको अध्यक्षता गर्नु भएका  फूलवारी वाख्रा उत्पादक समुहका अध्यक्ष लिला वुढाथोकीले वाख्राको लागी खोर सुधार लगायतको माग गरेको स्मरण गराउदै कुखुरा वाख्रा पालन र तरकारी खेतीले आफ्ना माग हरू परिपुर्ती गरेको र आत्मनिर्भर वन्नका लागी आफुहरू नै सकृय भएर लाग्नु पर्ने वताउदै आयोजकलाई आगामी दिनमा पनी यस्ता कार्यक्रमहरु लिन समेट आग्रह गर्नु भएको छ । स्मृती घर्ती मगरको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई