Skip to content
Friday, July 17, 2026 Nepali Online Media

करेन्ट लागेर २२ बर्षीय युवकको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार २४, राजविराज । सप्तरीको तिलाठी कैलाडी गाउँपालिका–७ मा गए राति करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीयवासी २२ वर्षीय जीतेन यादव रहेको प्रहरीले जनाएको छ । आफ्नै गोठमा भैँसी बाँध्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका यादवको उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । रासस