२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

खोलामा मृत भेटिएकी गिताको बलात्कारपछि हत्याको आशंका

२०७४, २७ असार मंगलवार ०९:२९


प्रेम सुनार/असार २७, गुल्मी । हिजो दिउँसो बाग्लुङको बढिघाट खोालमा भेटिएको एक महिलाको शव पहिचान भएको छ । 

उनि गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर–१, साविकको पौदीअमराई– की ३५ वर्षिय गीता नेपाली भएको खुलेको हो । महिला गुल्मी जिल्ला मुसिकोट नगरपालिका १ साविक पौँदी अमराई गाविस( ९ की वर्ष ३५ की गीता नेपालीको भएको खुलेको हो ।

गुल्मीकै साविक ईस्मा गाविसमा विवाह भएको र १३ वर्षकी एक छोरी त्यस मुनी ३ भाई छोराहरुको जन्म भएको र  आफनो लोग्नेसंग राम्रो सम्वन्ध नभएका कारण मृतक गीता माईती घर नजिकै छाप्रो बनाएर बस्ने गरेको स्थानियले बताए ।

यसरी माईतीको शरणमा बस्दै आईरहेकी गीताको नाम नखुलेका एकजना युवासंग लसपस रहँदै आएको छिमेकीले बताए । त्यही क्रमा गिता आईतवार उनकी भाउजू सीता नेपाली पारी वाग्लुङ्गमा पर्ने लव्दी खोलामा निर्माणाधीन मोटरेबल पुलमा काम गर्न गएका थिए ।  

साँझ घर फर्किने क्रममा सोही पुलमा काम गर्ने बताईएका एक जना कामदारको फोन आएपछी म एक छिनपछी आउछु भनि भाउजूलाई पठाएर मृतक गीता त्यहि बसेको श्रोत भन्छ । धेरैबेर सम्म गीता नआएपछी भाउजू सीताले गीताको मोबाईलमा फोन गर्दा स्वीजअफ भनेपछी भोलि भेट भैहाल्ला नि भनेर उनि मात्र घर गएको बताईएको छ ।

समाचार श्रोतका अनुसार, मृतक गीता र त्यस युवकवीच निकट सम्वन्ध भएका कारण पटकपटक फोनमा कुराकानी, भेटघाट, बसउठ भैरहने गथ्र्यो । दुबैवीच अवैध सम्वन्ध भएकै कारण यो घटना घट्न गएको व्यापक चर्चा बाहिर आएको छ ।

दुबैवीचको अनैतिक यौन सम्पर्कबाट गर्भ रहन गएपछी यो घटना भएको स्थानीयले आशंका गरेका छन् भने बलात्कारपछी हत्या गरी बडीगाड खोलामा शवलाई फालेको हुनसक्ने पनि स्थानीयमा चर्चा चलेको छ । 

उनको शव हिजो विहान वाग्लुङ्गको खरवाङ्ग नजिकै बढिघाट खोलामा फेला परे पछि निकै जोखिम मोलेर ईलाका प्रहरी कार्यालय खर्वाङ्गले खोलाबाट बाहिर निकालेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी