जनकपुर । मधेश प्रदेश सरकारले आज (माघ ५) गते सातौँ बलिदानी दिवस मनाउँदैछ।
अधिकार प्राप्तिको आन्दोलनमा शहादत प्राप्त गरेका शहीद परिवार र अंगभंग भएका तथा घाइतेलाई आर्थिक सहयोग र सम्मान गरेर सो दिवस मनाइने गरेको मधेश प्रदेशको गृह सञ्चार तथा कानुन मन्त्रालयले जनाएको छ ।
बलिदानी दिवस जनकपुरधामको महेन्द्र नारायण नीधि सांस्कृतिक प्रतिष्ठानमा मनाउनुका साथै जानकी मन्दिरमा सहिदहरुको सम्झनामा जानकी मन्दिरमा १ लाख दिप प्रज्वलन गर्ने गृह मन्त्रालयल मधेश प्रदेशले जनाएको छ ।
बलिदानी दिवसलाई थप व्यवस्थित र भव्य बनाउने उद्देश्यले जनकपुरधाममा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रदेश सांसदहरुले सहिद परिवारलाई थप सेवा सुविधा उपलब्ध गराउन छुट्टै कानुन बनाउन सुझाव दिए ।