Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

गुल्मीका एक वडाध्यक्षद्धारा भोज भतेरको खर्च कटौती गरेर विद्यालयमा सहयोग

By kit 5 मिनेट पढाइ

प्रेम सुनार/साउन २, गुल्मी । चुनावपछि जितेका जनप्रतिनिधीहरु अझै भोज भतेर मै अड्किएका छन् । तर यहाँका एक जनप्रतिनिधीले भोज भतेर लगायतको फजुल खर्चलाई कटौती गरी समाज सेवामा लगाउने घोषणा गरेका छन् । रेसुंगा नगरपालिका ७ का वडाध्यक्ष मोहनप्रसाद पाण्डले भोज भतेरमा गरिने अनावश्यक खर्चलाई बिद्यालयको अक्ष्यकोषमा राख्ने निर्णय गरेका छन् ।

उक्त वडा भित्रका तीन वटा प्रा.बि.लाई पाण्डेयले १५/१५ हजारका दरले कोषस्थापना  गरेका हुन् । सोमबार  उनले कोष स्थापना गरेका विद्यालयहरुमा  नवज्योति प्रावि नेटा,  अर्जुन प्रावि कँुडापानी र  सृजना प्रावि भुजेलखर्क रहेका छन् । सदरमुकाम नजिकै रहेपनि ती बिद्यालयहरु बत्ति मुनिको अध्याँरो जस्तै भैरहेका छन् ।

जुन बिद्यालयहरुमा गरिव र बिपन्न परिवारका थुप्रै बिद्याथीएहरुले पठन पाठन गर्ने गर्दछन् । लामो समयसम्म पनि स्तरबृद्धि भैरहेको छैन् । ‘पहिलेबाटै बिद्यालय र बिद्यार्थीका समस्यासंग नजिक थिए,’ पाण्डेले भने,‘यो व्यतिmगत सानो सहयोग हो,जनप्रतिनिधीको हिसावले धेरै गर्नेछु ।’

उनले आगामी दिनमा त्यस्ता गरिव तथा जेहेन्दार बिद्यार्थी र बिद्यालयहरुको उन्नती र प्रगतीका लागि सवै निकायर सरोकारवालासंग योजनाबद्ध रुपमा लाग्ने बताए ।

उनले ती बिद्यालयमा अध्ययन गर्ने बालबालिकाको लागि भनेर ‘यमकान्त मनकली पाण्डे गरिव तथा जेहेन्दार छात्रवृती अक्ष्यकोष’ आफ्ना माता पिताका नाममा स्थापना गरेका छन् ।

कोषलाई बढाउँदै लैजाने र त्यसको व्याजबाट बिपन्न बिद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिने पाण्डेले बताए । कुनै सरकारी सुविधा नखाने बताएका उनले केहि समय अगाडी आफुले पाएको सरकारी भत्ता समेत कृषकलाई प्रदान गरेका थिए ।

अक्ष्यकोषको चेक बुझ्रदै नवज्योति प्राविका प्रध्यानाध्यापक गोकर्ण फुल्देलले पैसाको मुल्य भन्दा हिम्मत र हौसला नै प्रमुख कुरा भएको बताए । त्यस्तै सृजना प्रावि भुजेलखर्कका शिक्षक चन्द्र चुँदराले यो सहयोग दलित समुदायका बालबालिकाको हित र भविष्यको लागि एउटा इटा बन्ने अपेक्षा व्यक्त गरे । वडाध्यक्ष पाण्डेय सहित सवै जनप्रतिनिधीहरुलाई नवज्योेति प्राविमा स्वागत तथा अभिनन्दन गरिएको थियो ।