2026-10-28 07:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

सक्रान्ती मनाउने खान लिन गएका बिक श्रीमतिको झण्डै काल लिएर फर्किए

प्रेम सुनार/साउन २, गुल्मी । छिमेकी जिल्ला बाग्लुङ्गको निसीखोलामा आईतवार सबको घरमा साउने सक्रान्ति चाड लागेको थियो ।

निसीखोला गाउँपालिका –५ कटुवाल देराकी ईन्द्रमाया बिकले भने साउने सक्रान्ति मनाउने सरसमान किन्न हिडेका श्रीमान ज्ञान बहादुर बिश्वकर्मा कति वेला आउँछन र  स–परिवार साउने सक्रान्ति मनाउला भन्दै श्रीमानका बाटो कुरेर बसेकी थिईन् । श्रीमान त फर्किए तर उनले कल्पना गरे जस्तो साउने सक्रान्ति बनेन उनको । मिठो आशमा बसेकी उनलाई श्रीमानले खानपिन ल्याउनुको साटे रक्सीले टिल परेर झण्डै उनको काल लिएर आए । 

घर आउन साथ २८ वर्षिय बिकले  एक्कासी श्रीमती इन्द्रमायाँलाई निर्घात कुटपीट गरी गम्भीर घाईते बनाएर फरार भए ।

मदिरा सेवन गरी मात्तिएका उनले अर्की श्रीमती ल्याउछु भन्दै इन्द्रमायाँलाई हातपात गर्न थालेपछी बाहिर भाग्न लाग्दा घरको ढोका बन्द गरी श्रीमतीलाई निर्घात कुटपीट गरी अचेत बनाएको प्रत्यक्षदर्शील बताए ।

राति १० बजेको समयमा ईन्द्रमायाँ चिच्च्याएको आवाज सुनेपछी निज ज्ञान बहादुरकी भाई बुहारी अनिता बिश्वकर्मा आएर बचाएकी थिईन । उनले घाईते इन्द्रमायालाई बोकेर माइत पुराएको बताईन ।

आफनी बहिनी कुटिएको देखेपछी उनका दाजु ढाल बहादुर बिश्वकर्माले स्थानीय भलाद्मी तथा जन प्रतिनिधि सुनिल बिक कहाँ उजुरी गर्न गए पछि सुनिल बिकले घरमा गएर खोज तलास गर्दा ज्ञान बहादुर बिक ४ वर्षकी जेठी छोरी लिएर एकाबिहानै फरार भैसकेका रहेछन् ।

जनप्रतिनिधि सुनिल बिकले ईन्डिया गएको हुन सक्ने आसङ्काले इलाका प्रहरी कार्यालय बुर्तिबाङमा फोन मार्फत खोजी गर्न र पक्राउ गर्न जानकारी गराएको बुझिएको छ । उता पीडित इन्द्रमाया बि क लाई अचेत अबस्थामा निसीस्थित विश्व मेडिकल हलमा उपचार गरिदै गरेको उनका दाइ ढाल बहादुर बिस्वकर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला