२०८३, २४ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, चार जना गम्भीर

२०८१, १२ माघ शनिबार ११:५३

बैतडी । बैतडीको सिगासमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ | भने चार जना गम्भीर घाइते भएका छन् । एक जनाले हाम फालेर न्याज जोगाउन सफल भएका छन् ।

शनिबार बिहान ५ बजे सिगास गाउँपालिका–१, को गडानबाट तल्लो इराना हुँदै फिर्ता हुँदै गरेको सुपप्र ०१–००१ च ४०२८ नम्बरको जिप माडौंमा दुर्घटना भएको हो ।

दुर्घटनामा परि मृत्यु हुनेमा सिगास गाउँपालिका–१, १९ वर्षीया पार्वती धामी र १४ वर्षीया जयन्ती धामी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले बताए ।

प्रहरीका अनुसार घाइते हुनेमा ४० वर्षीय तुलसी धामी, १६ वर्षीया निरा धामी, १९ वर्षीया हेमन्ती धामी र १४ वर्षीया भागरथी धामी रहेका छन् । घाइतेको उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

प्रारम्भिक अनुसन्धानबाट जिप सहचालकले चलाएको खुलेको छ । सहचालकसँग लाइसेन्स नभएको पाइएको छ । जिपमा बिवाहको भोज खाएर फिर्ता हुँदै गरेका निम्तालु रहेको खुलेको छ । जिपमा चालकसहित आठ जना सावर रहेका थिए ।
जिप सडकबाट पाँच सय मिटर तल भिरमा खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक एमाले अध्यक्ष ओलीले आज सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग छलफल गर्दै गगन थापाले पार्टीका तर्फबाट सांसदहरूलाई प्रशिक्षण दिने सुनचाँदीको मूल्य बढ्यो बीपी राजमार्गमा राति सवारी चलाउन रोक विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्चको आदेश वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस मन्त्रिपरिषद् बैठक जारी राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग अवरुद्ध नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु