रामहरि श्रेष्ठ (रेडियो कर्मी)

जिन्दगी दुई शब्दमा उतारिने कुरा त हैन तर जति उतारीन्छ त्यो बिशेष पल हुन्छ । <"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

           रामहरि श्रेष्ठ (रेडियो कर्मी)

जिन्दगी दुई शब्दमा उतारिने कुरा त हैन तर जति उतारीन्छ त्यो बिशेष पल हुन्छ । <"/>

२०८३, २१ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

मैले भोगेको जिन्दगी र रेडियो यात्रा

२०७४, ६ श्रावण शुक्रबार १०:३१


        रामहरि श्रेष्ठ (रेडियो कर्मी)

जिन्दगी दुई शब्दमा उतारिने कुरा त हैन तर जति उतारीन्छ त्यो बिशेष पल हुन्छ । 

जिन्दगीको अरोह अवरोहमा मानिसले धेरै कुराहरु भोगेको हुन्छ । मैले पनि धेरै कुरा भोगे । जब म २०६४ सालमा एसएलसीको परिक्षा सकेर जिन्दगीका रंगिन सपनाहरु बोकेर आमा बुबाको सहमती बिना नै सपनाको सहर राजधानी छिरे । यो सहर मेरा लागी बिल्कुलै नौलो थियो । 

त्यो बाक्लो घर, बाक्लो गाडि र बाक्लो मान्छेको भिड । बिस्तारै यसै मानिसको भिडबाट मैले पनि मेरा सपनाहरु खोज्न थाले । आएको केहि महिना फुपुकोमा बसे बौध । त्यसपछि म ज्युनका लागी काठमाण्डौका बिभिन्न होटलहरुमा कामको खोजीमा हिडे । यसै क्रममा मेरो दाई (मामाको छोरा) को सहायतामा मैले सिनामंगलको एक क्याफेमा वर्टरको काम पाए । र बिस्तारै सपनाको सहर राजधानी संग घुलीदै गए । 

काम बिहान  ८ बजे देखी बेलुका १० बजे सम्म । दिनहुँ उही काम। गेष्ठले खाएको भाडा टिप्नु,खाना लानु,सरसफाई गर्नु । घरीघरी त कामसाम छोडेर पुनः घर फर्किउनु झै लाग्थ्यो । तर फर्किउ पनि कसरी किनकी बाबा ममीको सहमती बिनै घरबाट काठमाण्डौ छिडेको मान्छे म । यसरी नै तिन महिना बितेछ । र आयो एसएलसीको रिजल्ट । रिजल्टमा म सेकेन्ड डिभिजनमा पास भएछु मन यसै यसै खुशी भयो । 

अब कलेज भर्ना गर्नु पर्ने काहाँ पढ्ने के पढ्ने यस्तै यस्तै अनेकौ प्रश्नहरु मनमा खेलीरहन्थ्यो। होटलको काम बिहान देखी बेलुका सम्म अनी तलब मासिक ३ हजार । एकदमै आह्रो भायो । तरपनि कलेज भर्ना गरे । काठमाण्डौको चाबहिल स्थित कैलाशकुट मल्टिपल क्यमपस । बिषय आर्सबाट मेजर नेपाली । पढाई राम्रै चलीरहको थियो । र काममा बिस्तारै ह्यामपर । 

साहुले दिनहु गाली गर्थाे । कि कलेज बिहान ६ बजेबाट १० बजे सम्म हुने भएकाले म चाबहिलबाट हिड्दै साढे १० मा मत्रै काममा पुग्थे  कलेज ड्रेसमै । तर काममा पनि ढिलो अयो भन्दै साहुको रात दिनको गाली । यसै कारणले मैले होटल पनि छाडिदिए । र केहि महिना पुनः फुपुको मै बसेर पढ्न थाले । तर यसरी पढ्दा मलाई र फुपु दुबैलाई गाह्रो भयो । 

फुपु गलैचा बुन्नु हुने भएकाले कमाई पनि खासै राम्रो थिएन । यसै कारण मैले फेरी काम नगरी सुखै पाईन । फेरी कामको खोजीममा म केहि समय क्याटरिङमा काम गर्न थाले । बिस्तारै काम पढाई , पढाई काम हुदै गर्दा म सुकेधाराको एक होटलमा वेटरको काममा पाँए । अब होटलको नियम अनुसार तिन महिना बिहान ८ देखी बेलुका १० बजे सम्म काम गर्नुपर्ने । राती होटलमा  बस्न नमिल्ने । त्यसैले म काम सकेर १० बजे राति सुकेधाराबाट बौध तर्फ जान्थे । 

यो प्रकृया लामो समय सम्म चलिरह्यो । यस बिचमा म धेरैपटक कलेलमा प्रिन्सीपलाई चिट लेखेर ८ बजे नै काममा आउने गर्दथे । बिस्तारै तिन महिना बित्यो अब हप्ताको तिन दिन बाहेक अरु दिन भने म पुरै घन्टि कलेज पढ्न पाउथे । तिन दिन चाँहि बिहानको डिउटी पर्ने भएकाले म उहि पुरानो दिनचर्या  अपनाउथे चिट लेखेर कलेजबाट काममा । बिस्तारै ११ को परिक्षा दिईयो । परिक्षा राम्रै भयो । मेरो रुचि , मेरो पालगपन रेडियो भएकाले मैले जर्नालिजम नै लिएर पढेको थिए । पछि गएर रेडियोमा बोल्ने अभिरुचिका साथ ।

 नभन्दै मेरो सपना पुरा हुनलाई त्यति समयपनि लागेन म होटलको अलावा चाबहिलको एक ट्रेनिङ सेन्टरमा रेडियो सम्बन्धी तिन महिने तालीम लिन थाले । र बौध मा कम्प्युटर क्लास । बिस्तारै तिन महिना बित्यो मैले यता बेसीक कोर्श कम्प्युटर र उता तिन महिने बेसीक रेडियो तामीम सके  । सपनाको सहर काठमाण्डौको बसाईका बिचमा म दशै , तिहारमा मात्र घर आउथे । र एक पटक दशैमा घर आउदाँ जिल्लाकै एक रेडियोमा भ्याकेन्सी खुलेको थाहा पाए । र त्यहाँ आबेदन दिनका लागी पुगे । 

सुरुमा सबैले भने हेर्दा ट्यापे जस्ता छौ के रेडियोमा काम गर्छाै भाई । म केहि बोलीन । र चुपचाप घर फर्किए । अब सपना… सपना नै हुने भयो भन्दै म पुन दशैको टिकाको भोलीपल्ट काठमाण्डौ भासीए । र पहिलेको काम छोडिसकेकाले पुन कामको खोज्न लागे । यसैबिच धुम्बाहाराईको एक क्याफेमा वेटरको काम पाए । काम गर्दै बिहान बेलुका कान्तिपुर पत्रिका किनेर भ्याकेन्सी हेर्थे ।

कतै रेडियोको लागी आबेदन मगिएको छ कि भनेर । यसरी नै समय बित्दै गयो । र मलाई लाग्छ २०६९ –७० तिर जिल्लामा अर्काे नयाँ रेडियो खुलेको रहेछ । दिदिले खबर दिनु भयो । र रेडियोले १५ दिने रेडियो पत्रकारीका तालीम पनि खुलाएको रहेछ शुल्क सहित । म फेरी ट्रेनिङमा भाग लिन जिल्ला आए र भाग लिए । लगभग ९७ जनाजती साथीहरुको सहभागीता रहको तालीम दुई सेसनमा चल्थ्यो । मैले यस अबधिमा धेरै नै मेहनत गरे । म राति १ बजे सम्म ठुलो आवाजमा पेपर पढ्थे  । 

र बिहान तिन बजे उठ्थे र फेरी उसैगरी पढ्न थाल्थे ।म मन्थिलीमा दाईको कोठामा बसेकाले छिमेकी कोठाका मानिसहरु डिस्टब भयो भन्दै बिहान मलाई सुनाउथे । तर पनि मैले यसलाई छाडिन । ट्रेनिङको अन्तिम दिन धेरै मनिसहरुको बिचमा उत्घोष गरीयो । पहिलो , दोस्रो र तेस्रो हुने सहभागीको नाम । यसै क्रममा मेरो नाम पहिलो स्थानमा आयो म धेरै खुशी भए । अनि मेरो सुरु भयो रेडियो यात्रा । तालीमपछि म जिल्लाको एक रेडियोमा समाचार बिषयलाई लिएर काम गर्न थाले । 

यो क्रम लगभग साढे तिन बर्षजती चल्यो । यो बिचमा स्रोताको माया बिश्वास मैले धेरै पाए । बिहन ५ बजे रेडियो बजाउन उठेदेखी राती ११ बजेसम्म कार्यक्रम चलाएर म खाना बनाएर खाई सुत्ने गर्थे । जब स्थनिय बजारमा हाट लाग्ने दिन बिहिबार आउथ्यो त धेरै स्रोताले कोहिले फलफुल कोहिले घ्यु त कोहिले कपडा समेत लिएर भेट्न आउथे । मैले जति समयमा त्यस रेडियोमा काम गरे धेरै स्रोताको माया पाए । 


 साडे तिन बर्ष पछि जब छोड्ने निर्णय गरे त धेरै स्रोताले मलाई फोन मार्फत नछोड्न आग्रह गर्थे । तैपनि आफ्नो बिवस्थाले मैले रेडियो छाडे । त्यसपछि सदरमुकामै बसेर केहि अनलाईन पेपरतिर लेख्न थाले । यस बिचमा म आफुले जानेको कुरा सिकाउन केहि रेडियोको ट्रेनिङमा समेत पुगे । जहाँ रामेछाप भन्दा धेरै टाढा थियो । यसरी जिन्दगी चलिरहेको थियो । एकदिन यस ओखलढुंगाको एक रेडियोका प्रमुख ज्युले मलाई सम्पर्क गर्नुभयो । र रेडियोमा आउन आग्रह गर्नुभयो । म दोधारमा परे । 

उहाँले धेरै पटक आग्रह गरेपश्चात म हुन्छ भन्दै ओखलढुंगा आईपुगे । जब ओखलढुंगा आए, जाहाँ उहाँले भन्नु भएको रेडियो थियो । खै किन हो त्यसमा काम गर्नै मन लागेन  र घर फर्किने निर्णय गरे । तर रमाईलोडाडामा दुई दाजुहरु भेटिए । पुर्ण र रबिन । उनिहरु जिल्लाको अर्काे रेडियो आफ्नो एफएममा कार्यरत रहेका रहेछन् । त्यतिबेला हाम्रो खासै चिनजान थिएन । चिनजान थियो त मैले सिआईएन मा पठाएको रिपोर्ट सुनेको भरमा । र चिनजान संगै कुराकानी भयो । र उहाँहरुको रेडियो हेर्न आईयो । यसै बिच पुर्ण दाजुले भन्नुभयो अब ओलढुंगा मै बस्नु पर्छ । नभन्दै म आफ्नो एफएम ले जब भ्याकेन्सी खुलायो ।

 मलाई दाजुहरुकै फोर्सले आवदेन दिन बाध्य बनायो । मैले आवेदन दिए । र धेरै प्रतिश्पर्धी बिचमा नाम निकाल्न सफल भए । त्यसपछि मेरो ओखलढुंगाको बसाई सुरु भयो । समय बित्दै गयो , दिन बित्दै गए । लगभग तिन महिनाको बसाईपछि फेरी म घर गए । उतै बसे यसबिचमा मेरो सहकर्मी दाजु पुर्णले रेडियो छाडिसक्नु भएको रहेछ । अनि मलाई रेडियोका प्रखुहरुले फोन मार्फत पुनः आउन आग्रह गर्नूूभयो । जसलाई मैले राम्रै ठाने र २०७२ साल चैत्र २४ गते पुन रेडियोमा प्रबेश गरे अहिले यसै रेडियोमा समाचार प्रमुखको रुपमा कार्यरत रहेको छु । जिन्दगीले धेरै कुरा सिकाउन ,लड्न सिकाउछ,उठ्न सिकाउन तर पनि हार भने कहिले खानु हुन्न जब संघ्रस गरिन्छ तब प्रतिफल मिल्छ । धन्यवाद पढिदिनु भएकोमा ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद् समन्वय बोर्डको प्रथम बैठक बोलायो टिपरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन नेप्से परिसूचक ३४ अंकले घट्यो यो देश गरिबको पनि हो: हर्कराज राई अब केही समयमा बागमती र मधेश प्रदेशसम्म पानी पर्ने ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ रोजगारी सिर्जना र अर्थतन्त्रको दायरा फराकिलो बनाउन निजी क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण खम्बा हो: अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध भूमिहीनको दिगो समाधान गरिने छ : प्रधानमन्त्री शाह सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी