2026-07-25 11:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोटमा टिप्पर पल्टिँदा सह-चालकको मृत्यु

जाजरकोट | जाजरकोटको छेडागाडमा टिप्पर दुर्घटना हुँदा सह-चालकको मृत्यु भएको छ । भे १ क १०५५ नम्बरको टिप्पर एक्कासी ब्रेक फेल भई दुर्घटना हुँदा मध्यपहाडी राजमार्गमा काम गर्ने दाङ तुल्सीपुर उपमहानगरपालिका वडा न.३ बस्ने वर्ष ४२ का हरिप्रसाद भट्टराईको नगर अस्पताल थलहमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज बिहान ८ः३० बजेको समयमा छेडागाड न.पा. ११ सिम्लेखोलास्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो । छेडागाड नगरपालिका ११ फुन्मादेखि वडाबनतर्फ गिट्टी लिएर आउँदै गरेको टिप्पर पल्टीएको प्रहरीले जानएको छ ।

जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक दिनेश तिमिल्सेनाले त्यस्तै गम्भीर घाइते भएका टिप्पर चालक सुर्खेत बिरेन्द्र नगर नगरपालीका १ बस्ने वर्ष २५ को सन्तोष सुनारलाई थप उपचारका लागि नेपालगन्ज तर्फ रिफर गरिएको बताएका छन् ।

अर्का घाइते दैलेख नारायाण नगरपालिका ८ बस्ने वर्ष १८ का सुजन रावलको छेडागाड नगरपालिका ५ सामुदायिक अस्पतालमा उपचार भइरहेको सूचना अधिकारी तिमिल्सेनाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला