2026-10-10 05:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्टेजमा गाउँदा गाउँदै भक्कानिएपछि एलिनालाई ऋचाको पत्र

काठमाडौं | पछिल्लो समय गायिका एलिना चौहान आफ्नो सम्बन्ध विच्छेदको प्रसंग ले चर्चामा छिन्। केही दिनअघि उनले पति विष्णु सापकोटा सँग सम्बन्ध विच्छेदको माग गर्दै काठमाडौं जिल्ला अदालतमा निवेदन दिएकी थिइन्।

यसैबीच, एलिना स्टेजमा गाउँदा गाउँदै भक्कानिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

स्टेजमा चढ्नेबित्तिकै एलिनाले आफ्नो चर्चित गीत ‘धोकेबाज हौ तिमी’ गाउन सुरु गर्छिन्। तर गाउँदै जाँदा उनको गला अवरुद्ध हुन्छ र उनी भावुक भएर रोकिन्छिन्। त्यसपछि उनले पानी पिएर पुनः गीत गाउने प्रयास गर्छिन्।

भिडियो भाइरल भएपछि धेरै कलाकारहरूले उनलाई समर्थन र हौसला दिइरहेका छन्। यसै क्रममा अभिनेत्री ऋचा शर्माले एलिनाको भिडिओ सेयर गर्दै खुला पत्र लेखेकी छन्।

यस्तो छ एलिनालाई ऋचाको खुलापत्र-

प्रिय एलिना, तिमीले आफ्नो विवाह एक वर्षमै टुंग्याउने निर्णय लियौँ र मलाई थाहा छ, यो सजिलो निर्णय थिएन। समाजले प्रश्न गयो होला, परिवारले चिन्ता व्यक्त गर्‍यो होला र धेरैले तिम्रो निर्णय बुझ्न सकेन होला। तर, म बुझ्छु किनभने तिमीले आफूलाई गुमाउन चाहेनौँ। साँच्चै, संगीत तिमीभित्र बाँचिरहेको थियो, तिमी त्यसैमा हराउन चाहन्थ्यौँ। कसैले तिम्रो पखेटा काटेर घरको सानो खाँबोमा बाँध्न खोज्यो, तर तिमी उड्न चाहन्थ्यौँ। विवाह एउटा सम्बन्ध हो, बाँधिनु होइन। जब सम्बन्धले तिमीलाई साँघुरो बनाउँछ, तिम्रो सपनालाई थिच्छ, तब त्यसलाई निरन्तरता दिनुको कुनै अर्थ हुँदैन। तिम्रो आँटलाई म सलाम गर्छु। धेरै महिलाहरू समाजको डरले आफूलाई बिर्सेर अरूको चाहनामा बाँच्न बाध्य हुन्छन्। तर, तिमीले आफूलाई चुन्यौँ, आफ्ना सपनालाई चुन्यौँ। संगीत तिम्रो आत्मा हो र तिमीले त्यसैलाई अँगाल्यौँ। तिमीले जस्तो निर्णय लियौ, त्यसले तिमीलाई अझ बलियो बनाओस्। तिम्रो स्वर, तिम्रो संगीत संसारभरि गुञ्जिरहोस्। यदि कहिल्यै थाक्यौ भने, सम्झनू तिमी एक यस्ती साहसी मान्छे हौ जसले परम्परागत सिमानाहरू तोडेर आफ्नो बाटो आफैँ कोरिन्। तिम्रो साथमा ऋचा शर्मा।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने