२७ कार्तिक २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा १७ बर्षिया किशोरी चार महिनादेखि बेपत्ता, प्रहरी हवल्दारसँग प्रेम सम्बन्धमा थिइन्

२७ माघ २०८१, आईतवार १३:०६

बैतडी | बैतडीको महाकाली प्रहरी चौकीका हवल्दार कृष्णराज जोशीसँग प्रेम सम्बन्धमा रहेकी एक जना १७ बर्षिया किशोरी चार महिनादेखि बेपत्ता छिन्। उनको अवस्था प्रहरीले पनि पत्ता लगाउन नसकेको परिवारले जनाएका छन्।

असोज २५ गते बिहानदेखि बेपत्ता बैतडी पञ्चेश्वर गाउँपालिका– २ डिम्मरकी १७ वर्षीया किशोरीको अवस्था प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पनि पत्ता लगाउन सकेको छैन।

अनुसन्धानका लागि बैतडी पुगेको सीआईबी टोली फर्किएको छ। करिब एक सातासम्म अनुसन्धान गर्दा पनि घटना नसुल्झिएपछि अहिले केन्द्रबाटै उक्त टोलीले घटनासँग सम्बन्धित तथ्य र प्रमाणका विषयमा अनुसन्धान गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीले पनि अनुसन्धान जारी राखेको छ। किशोरी बिहान पानी लिन भनी नजिकैको धारातर्फ गएकी थिइन्। उनको ग्यालिन र डोरी भेटिएको छ।

हवल्दार कृष्णराज जोशीमाथि किशोरी बेपत्ताको आरोप लागेपछि असोज २५ गते भागेर महाकालीपारि भारतको सुगरखाल पुगेका बेला स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका थिए। उनी अहिले पूर्वपक्षका लागि थुनामा छन्। उनीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

किशोरीको परिवारले जोशीविरुद्ध व्यक्ति बेपत्ता पार्ने कसुरमा किटानी जाहेरी दिएपछि उनी पक्राउ परेका हुन्।

बेपत्ता भएकी किशोरीसँग प्रहरी हबलदार जोशीको सम्पर्क रहेकाले उनले नै बेपत्ता पारेको आफन्तले आरोप लगाएका छन्।

उनले प्रहरीलाई दिएको बयानमा बिहान आफूसँग भेट भएको बताएका छन्। त्यसपछि आफूलाई जानकारी नभएको उनको भनाइ छ।

हवल्दार र आफ्नो सम्बन्ध परिवारले थाहा पाएको भन्दै किशोरीले सुनाएकी थिइन्। त्यसमा हवल्दार जोशीले ‘अहिले म केही गर्न सक्दिनँ २–४ दिन रोक, केही गरौँला’ भन्ने जवाफ दिएको बयान छ।

पानी पँधेरो एउटै ठाउँमा गर्ने र चौकी नजिकै घर हुँदा चिनजान भएको हवल्दार जोशीले प्रहरीसमक्ष बताएका छन् तर स्थानीयले भने किशोरी बेपत्तामा हबलदारको संलग्नता रहेको आरोप लगाएका छन्।

उनीहरुबीचको निकटता झल्काउने गरी उनको मोबाइलमा ती किशोरी र उनका संयुक्त तस्बिर भेटिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन तयारी : थपिँदै नयाँ मतदाता र राजनीतिक दल पशुपतिनाथ र बौद्धनाथ जोड्ने सडकमा ‘अस्फाल्ट प्रविधि’ को कालोपत्र वर्षाका कारण धान उत्पादनमा तीन लाख मेट्रिक टनले कमी आउने अस्ट्रेलिया–इन्डोनेसिया नयाँ सुरक्षा सन्धिमा सहमत जेनजी सुशासन योद्धाका आमा भन्नुहुन्छ : ‘मम्मी’ भन्ने आवाजले झस्काइरहन्छ सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते लागुपदार्थ सेवन गरी सवारी चलाउने छ जना नियन्त्रणमा देशभरको मौसम सफा रहने पूर्वानुमान सुनको मूल्य घट्यो, चाँदीको बढ्यो सन् २०२६ को खेल आफ्नो अन्तिम विश्वकप खेल हुने रोनाल्डोको भनाइ निर्वाचनको वातावरण बनाउन दलहरूको भूमिका महत्पूर्ण रहन्छः कानुनमन्त्री सिन्हा नवनियुक्त मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक दिल्लीको घातक विस्फोटलाई ‘षड्यन्त्र’ भन्दै प्रधानमन्त्री मोदीद्वारा दोषीलाई कठोर कारबाहीको चेतावनी मन्त्रिपरिषद् बैठकको निर्णय महानगर धुलोमुक्त बनाउँदै कामपा ‘बाबा सम्झेर टोलाइरहन्छन् छोराछोरी…’ पाकिस्तानको अदालतमा विस्फोट, १२ जनाको मृत्यु तालिका थप भएपछि भोजपुर–काठमाडौँ अब चार उडान दर्शकले रुचाउन थाले नेपाली चलचित्र