2026-06-27 05:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा १७ बर्षिया किशोरी चार महिनादेखि बेपत्ता, प्रहरी हवल्दारसँग प्रेम सम्बन्धमा थिइन्

बैतडी | बैतडीको महाकाली प्रहरी चौकीका हवल्दार कृष्णराज जोशीसँग प्रेम सम्बन्धमा रहेकी एक जना १७ बर्षिया किशोरी चार महिनादेखि बेपत्ता छिन्। उनको अवस्था प्रहरीले पनि पत्ता लगाउन नसकेको परिवारले जनाएका छन्।

असोज २५ गते बिहानदेखि बेपत्ता बैतडी पञ्चेश्वर गाउँपालिका– २ डिम्मरकी १७ वर्षीया किशोरीको अवस्था प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पनि पत्ता लगाउन सकेको छैन।

अनुसन्धानका लागि बैतडी पुगेको सीआईबी टोली फर्किएको छ। करिब एक सातासम्म अनुसन्धान गर्दा पनि घटना नसुल्झिएपछि अहिले केन्द्रबाटै उक्त टोलीले घटनासँग सम्बन्धित तथ्य र प्रमाणका विषयमा अनुसन्धान गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीले पनि अनुसन्धान जारी राखेको छ। किशोरी बिहान पानी लिन भनी नजिकैको धारातर्फ गएकी थिइन्। उनको ग्यालिन र डोरी भेटिएको छ।

हवल्दार कृष्णराज जोशीमाथि किशोरी बेपत्ताको आरोप लागेपछि असोज २५ गते भागेर महाकालीपारि भारतको सुगरखाल पुगेका बेला स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका थिए। उनी अहिले पूर्वपक्षका लागि थुनामा छन्। उनीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

किशोरीको परिवारले जोशीविरुद्ध व्यक्ति बेपत्ता पार्ने कसुरमा किटानी जाहेरी दिएपछि उनी पक्राउ परेका हुन्।

बेपत्ता भएकी किशोरीसँग प्रहरी हबलदार जोशीको सम्पर्क रहेकाले उनले नै बेपत्ता पारेको आफन्तले आरोप लगाएका छन्।

उनले प्रहरीलाई दिएको बयानमा बिहान आफूसँग भेट भएको बताएका छन्। त्यसपछि आफूलाई जानकारी नभएको उनको भनाइ छ।

हवल्दार र आफ्नो सम्बन्ध परिवारले थाहा पाएको भन्दै किशोरीले सुनाएकी थिइन्। त्यसमा हवल्दार जोशीले ‘अहिले म केही गर्न सक्दिनँ २–४ दिन रोक, केही गरौँला’ भन्ने जवाफ दिएको बयान छ।

पानी पँधेरो एउटै ठाउँमा गर्ने र चौकी नजिकै घर हुँदा चिनजान भएको हवल्दार जोशीले प्रहरीसमक्ष बताएका छन् तर स्थानीयले भने किशोरी बेपत्तामा हबलदारको संलग्नता रहेको आरोप लगाएका छन्।

उनीहरुबीचको निकटता झल्काउने गरी उनको मोबाइलमा ती किशोरी र उनका संयुक्त तस्बिर भेटिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी