रुपन्देहीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, २ जना पक्राउ

साझासवाल
1 Min Read

रुपन्देही | रुपन्देहीमा १३ वर्षीया बालिकालाई सामूहिक जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन्।

बिहीबार साँझ प्रहरीले पक्राउ उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा देवदह नगरपालिका-३ गौरी टोल बस्ने २८ वर्षीय अजय थापा र ३५ वर्षीय गोबिन्द थापा रहेका छन्।

उनीहरूले ती बालिकालाई मंगलबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Share This Article