2026-09-11 08:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

चोरीको तिलहरी बिक्री गर्ने विषयमा विवाद हुँदा ११ वर्षीय बालकको हत्या, उनकै २ साथी पक्राउ

दैलेख | दैलेखमा ११ वर्षीय एक बालकको हत्या भएको छ। दुल्लु नगरपालिका–५ घर भएका शमबहादुर दशौंदीका ११ वर्षीय छोरा खेमराज दशौंदीको हत्या गरिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।

गत माघ २५ गते हराएका ती बालकको शव आफ्नै साथीहरूले हत्या गरेर गाडेको अवस्थामा शनिबार प्रहरीले फेला पारेको हो। सँगैका साथीले हत्या गरेर बालकको शव घर नजिकै रहेको बाँसघारीमा गाँडेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ।

माघ २५ गतेदेखि सम्पर्कविहीन भएका राजनलाई खोजी गरिदिन अभिभावकले माघ २६ गते इलाका प्रहरी कार्यालय दुल्लुमा निवेदन दिएका थिए। हराएका बालकको हुलिया परिपत्र गरी प्रहरीले खोजतलास गरेको थियो। अनुसन्धानको क्रममा उनीसँगै रहेका साथीहरूले हत्या गरेको पत्ता लागेको प्रहरीको भनाइ छ।

हत्यामा संलग्न भएको आशंकामा प्रहरीले १४ र १७ वर्षका २ बालकलाई पक्राउ गरेको छ। उनीहरूले हत्या गरेको स्वीकारेका प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चोरी गरेर ल्याएको सुनको गहना (तिलहरी) बिक्री गर्ने विषयमा विवाद हुँदा ती बालकलाई आफ्नै साथीले माघ २५ गते राति नै हत्या गरेर घरनजिकै रहेको खोलामा खाल्डो खनी गाडेका थिए।

फागुन ३ गते प्रहरी टोली घटनास्थलमा पुगेर खाल्डो खनेर उनको शव निकालेको हो।

ती मृतक बालकले घरमा भनिदिन्छु भनेपछि उनको हत्या गरिएको अनुसन्धानबाट खुल्न आएको छ’ जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक लालबहादुर सुनारले भने । दुई बालकले ११ वर्षीय बालकको हत्या गरी उनकै घरको बाँसघारी छेवैमा रहेको खोला किनारमा खाल्डो खनेर पुरिदिएका थिए ।

‘अनुसन्धान गर्ने क्रममा बाँसघारी नजिकैको खोल्साको छेउमा खाल्डो खनी गाडेको अवस्थामा उनको शव भेटिएको हो,’ प्रहरी निरीक्षक सुनारले भने, ‘गाडेको अवस्थामा हराएका भनिएका बालकको शव फेला परेको छ। घटनामा संलग्न दुई बालकलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएका छौँ।’

उनीहरूविरुद्ध जिल्ला अदालत दैलेखबाट म्याद थप गरेर अनुसन्धान जारी राखेको प्रहरी निरीक्षक सुनारले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस