2026-11-02 02:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

जनकपुरको सुधार केन्द्रमा एक युवकको शंकास्पद मृत्यु

काठमाडौँ | जनकपुरधामको एक सुधार केन्द्रमा युवकको शंकास्पद मृत्यु भएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका १० डुमरियाका २० वर्षीय राजकुमार यादवको मृत्यु भएको हो ।

दुई महिनादेखि जनकपुरधाम उपमहानगरपालिका १९ बेंगाशिवपुर स्थित किशोर फाउण्डेशन (सुधारेकन्द्र)मा बसिरहेका उनको बुधबार साँझ मृत्यु भएको हो ।

किशोर फाउण्डेशनका व्यवस्थापक संजिव शर्माका अनुसार घाँटीमा कफ जमेको जस्तो भई सास लिन समस्या भएपछि बुधबार बिहान ११ बजेतिर जनकपुरको समर अस्पताल लगिएको थियो ।

उपचारपछि चिकित्सकले निगरानीमा राख्नु भन्दै पठाएका थिए । दिउँसो पुनः समस्या भएपछि साढे ४ बजेतिर प्रादेशिक अस्पताल जनकपुरमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको शर्माको दावी छ ।

प्रादेशिक अस्पताल जनकपुरका अकास्मिक कक्षका इन्चार्ज सरद यादवले भने उपचारको लागि ल्याउँदा नै उनको मृत्यु भइसकेको थियो ।

स्थानीय महेशलाल यादवका अनुसार चार दिनअघि राजकुमारकी आमा सरस्वती देवी छोरा भेट्न आएकी थिइन् । अनुहार मलिन देखेपछि आफूसँगै घर लैजान खोज्दा सुधार केन्द्रका सञ्चालकले ४/५ महिना राखे निको हुने भन्दै रोकेका थिए । परिवारजनले औषधि अत्यधिक सेवन गराउँदा ज्यान गएको आरोप लगाएका छन् ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुरले समर हस्पिटलमा उपचारपछि राजकुमारलाई सुधार केन्द्र लगिएको, त्यहाँ पुगेपछि सुतेको सुत्यै भएकाले पुनः उपचारका लागि प्रादेशिक अस्पताल लगिएको जानकारी सुधार गृह सञ्चालकले दिएको बताए ।

राजकुमारको शवको बिहीबार प्रादेशिक अस्पताल जनकपुरमा पोस्टमार्टम गरिएको छ । राजकुमार घरका एक्ला छोरा थिए । विवाहित उनका दुई सन्तान छन् । राजकुमारका बुवा रामबाबु वैदेशिक रोजगारीमा छन् । परिवारजनले सुधार केन्द्रको लापरबाहीले छोराको मृत्यु भएको भन्दै छानबिनको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द