2026-09-11 11:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रिंकुको मृत्यु घटनामा पञ्चायतका सदस्य सहित आठ जना विरुद्ध पूरक जाहेरी

सिरहा | सिरहाको नवराजपुर गाउँपालिका-१, भगवानपुरकी रिंकु सदाको मृत्यु घटनामा पञ्चायतका सदस्य सहित आठ जना विरुद्ध पूरक जाहेरी परेको छ।

रिंकुकी आमा सीतादेवीले इलाका प्रहरी कार्यालय, लहानमा पूरक जाहेरी दिएकी हुन्। गत माघ ३० गते रिंकु आफ्नै घरमा मृत भेटिएकी थिइन्। उनको हत्या गरिएको परिवारजनको दाबी छ।

जबर्जस्ती करणीपछि हत्या गरिएको भन्दै परिवारजनले चार जना विरुद्ध जाहेरी दिएको थियो। तर प्रहरीले दर्ता गर्न नमानेपछि आरोपितमध्येका एक रूपेश मण्डल विरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिइएको थियो।

अनुसन्धानका क्रममा थप पाटो खुलेपछि पूरक जाहेरी दिइएको हो। अपहरणपछि सामूहिक बलात्कार गरेको, हत्या गरेको, पञ्चायतद्वारा लेनदेन गरी मिलापत्र समेत गर्न खोजेको जाहेरीमा उल्लेख गरिएको छ।

अहिले रूपेश मण्डलसँगै चन्दन साह, रामविनय मण्डल, नठुनी साह, रामपुकार मण्डल, रामकृपाल मण्डल, रामप्रीत साह र विन्देश्वर साह विरुद्ध जाहेरी परेको हो। नथुनी साह वडा सदस्य हुन्। नथुनीसँगै रामपुकार मण्डल, रामकृपाल मण्डल र रामप्रीत साह पञ्चायतका सदस्य हुन्।

पञ्चायत बसेर बलात्कारको घटना मिलाइएको थियो। बलात्कारका आरोपित रूपेश मण्डलबाट एक लाख ५० हजार रुपैयाँ जरिवाना भराउने पञ्चायतले निर्णय गरेको थियो।

त्यसको दुई दिनपछि माघ ३० मा रिंकु मृत भेटिएकी थिइन्। बलात्कारमा संलग्न व्यक्तिहरूले हत्या गरेर घरभित्र झुन्ड्याएको परिवारजनको आरोप छ।

घटनाको दुई सातासम्म पनि आरोपित पक्राउ परेका छैनन्। खोजतलासका लागि सम्भाव्य क्षेत्रमा प्रहरी टोली खटाइएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) लालमणि आचार्यले बताए। पोस्टमार्टम रिपोर्ट आएपछि घटनाबारे थप कुरा खुल्ने डीआईजी आचार्यको भनाइ छ। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरिएको थियो।

यस घटनाको अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयले वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शान्तिराज कोइरालाको नेतृत्वमा अनुसन्धान टोली खटाएको छ। जिल्ला प्रहरी कार्यालयसँगै प्रदेश प्रहरीको टोलीले पनि अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस