Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बाँके डुडुवा गाउँपालिकाको डुडुवा पुल जोखिममा

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन १३, बाँके । बाँके जिल्लाको डुडुवा गाउँपालिका–४ कम्दीस्थित डुडुवा नालामा बनेको पुलको आवश्यक मर्मत नहुँदा जोखिमपूर्ण बन्दै गएको छ ।

करिब ढेड दशकअघि निर्माण भएको सो पुलको मर्मतसम्भार नहुँदा अहिले भत्किन थालेको छ । पुलको वरिपरि पिलर ढलेका छन् भने ढुंगाले लगाएको बारसमेत भत्किएको छ ।

पुलको बीच भागमा खाल्डाखुल्डी भएर पानी जमेको स्थानीयवासी भागिरथी चन्दले बताउनुभयो । राप्तीपारि क्षेत्रलाई जोड्ने मुख्य सडकअन्तर्गत पर्ने सो पुलको मर्मत सम्भार नहुँदा जोखिम बनेको छ । पुल निर्माणपछि सरोकारवाला निकायले चासो नदिएकाले पुल जोखिमपूर्ण बनेको सम्बद्ध पक्षको भनाइ छ ।

सो पुलको बिहीबार सरसफाइ गरिएको छ । नवनिर्वाचित जनप्रतिनिधि तथा स्थानीयवासीको संयुक्त पहलमा पुलको सरसफाइ गरिएको हो । पुलमा जमेको माटो, फोहरमैला तथा पानी निकासको प्वाल सफा गरिएको छ ।

सरसफाइ कार्यक्रममा डुडुवा गाउँपालिकाका उपप्रमुख साहिदा बानो, शिव रेडियो श्रोता क्लब, पदमपुर महिला सहकारी संस्था तथा स्थानीयवासीको सहभागिता थियो । रासस