काठमाडौँ | बाँकेमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २९ वर्षीय युवक पक्राउ परेका छन् ।
कोहलपुर नगरपालिका-१० चट्टार बस्ने २९ वर्षीय राधे किसुन थारूलाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको हो ।
थारूले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुर समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।