कञ्चनपुरको बेलौरी नगरपालिकाका वडाध्यक्ष रिजालको निधन

साझासवाल
0 Min Read

कञ्चनपुर | कञ्चनपुरको बेलौरी नगरपालिका–३ का वडाध्यक्ष सीताराम रिजालको गएराति निधन भएको छ ।

फोक्सोसम्बन्धी समस्याबाट पीडित ७२ वर्षीय रिजालको आफ्नै निवासमा गएराति निधन भएको हो ।

आज दिउँसो बेलौरीको भकुण्डामा रहेको आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने रिजालको परिवारले जानकारी दिएको छ ।

यसअघि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि वडा कार्यालय परिसरमा राखिएको थियो ।

रिजाल विसं २०७९ को पालिका चुनावमा वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

Share This Article