साउन १५, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मुख्य पर्यटकीयस्थल पाँचपोखरी जाने सडक अवरुद्ध भएको छ । 

लगातारको वर्षाका कारण जिल्लाको पश्चिम मेलम्ची ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १५, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मुख्य पर्यटकीयस्थल पाँचपोखरी जाने सडक अवरुद्ध भएको छ । 

लगातारको वर्षाका कारण जिल्लाको पश्चिम मेलम्ची ब"/>

२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुपाल्चोक पर्यटकीयस्थल पाँचपोखरी जाने सडक अवरुद्ध

२०७४, १५ श्रावण आईतवार ०२:५८


साउन १५, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मुख्य पर्यटकीयस्थल पाँचपोखरी जाने सडक अवरुद्ध भएको छ । 

लगातारको वर्षाका कारण जिल्लाको पश्चिम मेलम्ची बजारबाट तिपेनी हुँदै भोताङ जाने सडक पहिरो गएपछि अवरुद्ध भएको हो । 

जिल्लाको लाङ्टाङ हिमाली क्षेत्रमा पर्ने प्रसिद्ध तीर्थस्थल पाँचपोखरी मेला शुरु हुनै लाग्दा पाँचपोखरी जानका लागि प्रयोग हुने मेलम्ची–भोेताङ सडकखण्डको विभिन्न ठाउँमा गएको पहिरोले सडक अवरुद्ध भएको हो । 

हरेक वर्ष जनैपूर्णिमाका दिन लाग्ने मेला यसपटक चन्द्रग्रहणका कारण मेला सरेको छ । 

यही साउन १९ देखि २४ गतेसम्म मेला सञ्चालन हुने पाँचपोखरी दुप्चाङ युवा क्लबका युवा अध्यक्ष करण लामाले बताउनुभयो । 

वर्षाका कारण पाँचपोखरीसम्म पुग्ने सडकखण्डमा यातायात सञ्चालनमा पहिरोले समस्या हुँदा मेला भर्नका लागि जाने पर्यटकले पैदल हिँड्नुपर्ने अवस्था आएको हो । 

पाँचदिनसम्म लाग्ने मेला भर्नका लागि पाँचपोखरीमा विभिन्न गाउँ र जिल्लाबाट तीर्थालु जाने गर्छन् । इन्द्रावती नदीको मुहान मानिने पाँचपोखरीमा सूर्य, भैरव, नाग, सरस्वती र गणेशकुण्ड गरी पाँचवटा छुट्टाछुट्टै पोखरी रहेका छन् । 

विभिन्न जात र धर्मका भक्तजन आ–आफ्नो संस्कृति र विश्वासअनुरुप पूजाआराधना तथा स्नानका लागि पाँचपोखरी पुग्ने गर्छन् । प्रत्येक बर्खामा हुने अविरल वर्षाका कारण पहिरोले सडक अवरुद्ध गर्ने हुँदा तीर्थस्थलसम्म पुग्ने तीर्थयात्री तथा पर्यटक दुई दिनको समय लगाएर हिँड्न बाध्य हुने गरेका छन् । 

मानेखर्कका शंकर लामा भन्नुहुन्छ, “हरेक बर्खाको समयमा पहिरोको कारण यातायात सञ्चालन नहँुदा धार्मिक तथा पर्यटकीयस्थल पाँचपोखरी जाने तीर्थयात्रु तथा पर्यटकले निकै सास्ती खेप्नु परेको छ ।” 

वर्षाका कारण मेलम्ची–भोेताङ सडकखण्डकोे विभिन्न ठाउँमा गएको पहिराका कारण पाँचपोखरी, थाङ्पाल गाउँपालिकाका गुन्सा, भोताङ, भोटेनाम्लाङ, थाङ्पालधापलगायतका स्थानीयवासी सो क्षेत्रको मुख्य बजार मेलम्चीबाट पाँच–छ घण्टाको बाटो हिँड्न बाध्य रहेको उहाँ बताउनुहुन्छ । 

तिपेनी बजार हुँदै भोताङ पाँचपोखरी जाने सडकको महादेव खोलामा पुल नहुँदा स्थानीयवासी सडकसँगको सम्बन्धविच्छेद झेल्न बाध्य छन् । बर्खायाममा पानीको बहाव बढी हुने हुँदा खोलाबाट कुनै सवारीसाधन आवतजावत गर्न सक्दैनन्् । 

लामा भन्नुहुन्छ हरेक वर्ष पुल अभावको समस्या झेल्दै आएका पाँचपोखरी थाङ्पाल गाउँपालिकाअन्तर्गतका मानेखर्क, गुन्सा, धाप गाउँका बासिन्दा यसपालि पनि उही समस्यासँग जुधिरहेका छन् । 

पुल निर्माणमा सम्बन्धित निकायको चासो नहँुदा र चरम भ्रष्टाचारका कारण पुल नबनेको स्थानीयवासीको आरोप छ । पटकपटक पुल अभावको शिकार बनेका स्थानीयवासीले सम्बन्धित निकायमा गुनासो लैजाँदासमेत सुनुवाइ नभएको पीडा पोखेका छन् । 

पाँचपोखरीमा स्नान गरेपछि पापबाट मुक्ति मिल्ने र पितृकोे स्वर्गमा बास मिल्ने विश्वास राखिन्छ । पाँचपोखरी स्नानसँगै रैथानेश्वर पोखरी र नौलिंगेश्वरमा पनि मेला भर्ने परम्परागत प्रचलन रहेको छ । 

मेलामा तामाङ समुदायका विभिन्न झाँकीले सांस्कृतिक मेला भर्ने गर्छन् । काठमाडौँ उपत्यकालगायत काभ्रे, दोलखा, रामेछाप, सिन्धुलीसमेतका तीर्थयात्री मेलम्ची हुँदै पाँचपोखरी र गोसाइँकुण्ड जाने गर्छन् । 

मेलामा हुने अनैतिक गतिविधि जस्तै लुटपाट, झैझगडा रोक्न र सुरक्षाको प्रत्याभूत दिलाउन प्रहरीले विशेष व्यवस्था मिलाइसकेको इप्रका मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले जानकारी दिनुभयो । 

पाँचपोखरी उच्च हिमाली क्षेत्रमा पर्ने हुनाले मेला भर्न जाने पर्यटकलाई लेक लाग्न सक्ने हुँदा लसुन, नून, टिमुर बोकेर जान युवा क्लबका अध्यक्ष लामाले आग्रह गर्नुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ