साउन १५, बैतडी । यहाँका विभिन्न स्वास्थ्य संस्थामा अत्यावश्यक औषधि अभाव भएको छ । 

जिल्लाका स्वास्थ्य संस्थामा वैशाखदेखि औषधि अभाव भएको स्वास्थ्य संस्थाले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १५, बैतडी । यहाँका विभिन्न स्वास्थ्य संस्थामा अत्यावश्यक औषधि अभाव भएको छ । 

जिल्लाका स्वास्थ्य संस्थामा वैशाखदेखि औषधि अभाव भएको स्वास्थ्य संस्थाले"/>

२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका स्वास्थ्य चौकीहरुमा औषधि अभाव

२०७४, १५ श्रावण आईतवार ०७:३४

साउन १५, बैतडी । यहाँका विभिन्न स्वास्थ्य संस्थामा अत्यावश्यक औषधि अभाव भएको छ । 

जिल्लाका स्वास्थ्य संस्थामा वैशाखदेखि औषधि अभाव भएको स्वास्थ्य संस्थाले जनाएका छन् । 

सरकारले स्वास्थ्य चौकीमार्फत ३६ प्रकारका औषधि निःशुल्करुपमा उपलब्ध गराउने भनेको भए पनि अत्यावश्यक औषधि अभाव रहेको हाट स्वास्थ्य चौकीका प्रमुख विनोदकुमार कुँवरले जानकारी दिनुभयो । 

आन्तरिक स्रोतबाट केही औषधि खरिद गरिएको भए पनि पछिल्लो समयमा औषधि अभाव भएको उहाँले बताउनुभयो । सबै प्रकारका नभई केही औषधिको भने अभाव रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा गुणराज अवस्थीले बताउनुभयो । 

स्वास्थ्य चौकीका लागि २० प्रकारको औषधि पर्याप्त मात्रामा छ तर १६ प्रकारको औषधिको भने अभाव रहेको उहाँले बताउनुभयो । औषधि अभाव भएका स्वास्थ्य संस्थामा एक दुई महिना अझै अभाव हुने देखिएको छ । औषधि खरिदको रकम अब सम्बन्धित स्थानीय तहमै गएकाले प्रक्रियामा केही ढिलाइ हुने देखिएको हो । 

औषधि अभाव देखाउँदै दुर्गमका स्वास्थ्य चौकी दिउँसो १ बजे नै बन्द हुने गरेका छन् । सरकारले साँझ ५ बजेसम्म स्वास्थ्य चौकी खोल्ने नियम बनाए पनि त्यो नियमको भने पालना हुन सकेको छैन । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी