2026-06-25 05:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

पर्सामा प्रहरीबाटै कुटिए वडाध्यक्ष

काठमाडौँ | पर्सामा प्रहरीकै संलग्नतामा वीरगञ्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि कुटपिट भएको घटना सार्वजनिक भएको छ।

२९ फागुनको राति करिब ९:१५ बजे वीरगञ्ज–८ स्थित डायमण्ड पार्टी प्यालेसमा आयोजित बर्थडे र होली मित्रमिलन कार्यक्रममा सहभागी भएका बेला वडाध्यक्ष चतुर्वेदीमाथि ६/७ जनाको समूहले आक्रमण गरेको आरोप छ।

चतुर्वेदीका अनुसार, खानपिन भइरहेको समयमा निलो ज्याकेट लगाएका एक व्यक्ति भित्र प्रवेश गर्न खोज्दा उनलाई बाहिर पठाउन खोजिएको थियो। तर ती व्यक्ति नमान्दा विवाद सुरु भयो। त्यसपछि अर्को ढोकाबाट एक समूह जबरजस्ती भित्र पसेर आक्रमण गरेको सीसीटीभी फुटेजमा देखिन्छ।

आक्रमणमा नेपाल प्रहरीका बहालवाला वरिष्ठ सई सागर शमशेर राणा, प्रहरी जवान दिपेश क्षेत्री, वीरगञ्ज–१० का वडाध्यक्ष सुशील साह कानु, वीरगञ्ज–११ का भुषण यादव, वीरगञ्ज–३२ का भुसाल चौरसिया, वीरगञ्ज–६ का विक्की गुप्ता, र लखनलाल गुप्ताको संलग्नता रहेको चतुर्वेदीको आरोप छ।

घटनापछि घाइते भएका चतुर्वेदी अहिले घर फर्किएका छन्। उनले पर्सा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए पनि अहिलेसम्म कारबाही नभएको गुनासो गरेका छन्।

यसैबीच, मधेश प्रदेशका डीआईजी लालमणि आचार्यले घटनाको छानबिन भइरहेको बताएका छन्। उनले, “प्रहरीकै सई संलग्न रहेको फुटेज देखिएको छ, तर प्रहरीले जोगाउन खोज्छ भन्ने हुँदैन। कानुनअनुसार कारबाही हुन्छ,” भनेका छन्।

यता, कुटपिटमा आरोपित वरिष्ठ सई राणा लामो समय तराईमा सादा पोशाकमा कार्यरत थिए। पछिल्लो समय काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत राणा होली बिदामा घर गएका बेला घटना भएको खुलेको छ।

राणालाई हाल जनकपुरमा सरुवा गरिएको छ भने उनको मोबाइल स्विच अफ रहेको प्रहरी स्रोतले जनाएको छ।

वडाध्यक्ष चतुर्वेदीमाथि आक्रमण गरेको आरोप लागेका वीरगञ्ज–१० का वडाध्यक्ष सुशील साह कानुले भने भिडिओ तोडमोड गरेर आफूहरूलाई फसाउन खोजिएको दाबी गरेका छन्। उनले, “हाम्रो मान्छेको चार औंला भाँचिएको छ, तर त्यो कुरा उठाइएन। भिडिओ एकतर्फी प्रचार गरिएको छ,” भनेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने