2026-09-11 11:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

ससुराली हिँडेका शिवशंकरको विभत्स हत्या, जंगलमा भेटियो शव

काठमाडौँ | ससुराली हिँडेका धनुषाका एक युवकको अपहरण पछि विभत्स हत्या भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुर बस्ने रामदुलारका छोरा २५ वर्षीय शिवशंकर महतोको हत्या भएको हो ।

उनको शव गौशाला नगरपालिका ८ सागरनाथ वनमा रेल्वे ट्रयाकको करिब एक सय मिटर दक्षिणतर्फ ५ फेला परेको थियो । शव शुक्रबार साँझ साढे फेला परे पनि उनको सनाखत भने शनिबार मात्र भएको थियो ।

प्रहरीले हत्या भएको प्रारम्भिक अनुमान गरी अनुसन्धान सुरु गरेको जनाएको छ । महोत्तरी प्रहरी प्रवक्ता एवम् डिएसपी सन्तुलाल जयसवारले भने, ‘शव र घटनास्थलको प्रकृति हेर्दा हत्या भएको हाम्रो प्रारम्भिक अनुमान छ । थप कुराहरु अनुसन्धानबाट खुल्छ’ डिएसपी जयसवारले भने ।
अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार शिवशंकरको शव नग्न अवस्थामा, खुकुरीले शरीरको विभिन्न भागमा आक्रमण गरेको र मुखमा आगो लगाएको जस्तो देखिन्छ ।

शिवशंकर बिहीबार दिउँसो श्रीमती सृजना, १० महिने छोरासहित घरबाट ससुराली बर्दिबास नगरपालिका ५ पशुपतिनगर बन्द्रका लागि निस्केका थिए ।

मृतकका भाइ राम महतोका अनुसार घरबाट एउटा मोटरसाइकलमा दाइ शिवशंकर, भाउजू र १० महिने छोरासहित महेन्द्रनगरसम्म पुगेका थिए । त्यहाँबाट श्रीमती सृजनाले माइतबाट दुईवटा मोटरसाइकल बोलाएकी थिइन् । एउटामा १० महिने छोरासहित सृजना चढेकी थिइन् भने अर्कोमा शिवशंकर ।

शिवशंकरको घरमा सबैले ससुराली पुगे भनेर ढुक्क थिए । तर, शुक्रबार जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट मान्छे पहिचानका लागि शिवशंकरको घरबाट मान्छे बेलाउँदा त्यहाँ पुगेपछि मात्र छोरा ससुराली नपुग्दै हत्या भइसकेको परिवारले थाहा पाएका थिए ।

‘हिजो दिउँसो २ बजेतिर मात्र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट फोन गरेर आउन भन्यो । पुगेपछि दाइको शव देखायो । त्यसपछि मात्र थाहा पायौं ससुराली नपुग्दै दाइको हत्या भइसकेको रहेछ,’ मृतकका भाइ राम महतोले भने ।

केही दिन अघि ससुरालीमा विवाद हुँदा शिवशंकरमाथि कुटपिट भएको थियो । विवादपछि श्रीमती र बच्चासहित घर फर्किंदा शिवशंकर पुनः ससुराली जान मानेका थिएनन् । उनलाई श्रीमती सृजनाले नाना (हजुरबुबा)को मृत्यु भयो भनेर ससुराली जान बाध्य बनाएकी भाइ रामको भनाइ छ ।

‘प्रहरीले सुक्ष्म अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याओस्,’ भाइ रामले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस