2026-10-28 08:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

‘माछा साह्रै महँङ्गो’…

प्रेम सुनार/साउन २४, गुल्मी । ‘रक्सी र माछामा पैसा पनि जानु छ । रामधुलाई पनि खानु छ । उल्र्टै दुई हात जोडेर माफी गाग्नु पनि छ र लाखौं जरिवाना पनि तिर्नु छ । त्यो भन्दा पनि ठुलो कुरा साराका सामु बदनामीको विल्ला समेत  भिर्नु छ ।’ 

हिजो सांझ जिल्ला प्रहरी कार्यालय भित्र भएको एक घटनाको छलफलमा सहभागी एक युवाले भने–‘धत… यो त अति नै भयो, यस्तै हो भने हामी पनि यसरी नै फँस्न सकिन्छ अब माछा खान खोलातिर  नझर्ने भईयो । ’  ति युवाहरुलाई मात्र होईन , शनिवार बाढिघाट खोला लाईन तिर घुम्न गएका सदरमुकाम तम्घासका युवाहरु माथी भएको निर्घात कुटाईले ठुलो पाठ  सिकाएकोछ । 

शनिवार  दिउँसो  तम्घासका चार जना बढिघाट खोलाईनको ईन्द्रगौंडामा विदा  मनाउन र केहि  विशेष काम लिएर पनि पुगेका थिए  । चार जना मध्ये रेसुङ्गा नगरपालिका  यमबहादुर घर्तिले ईन्द्रगौंडाकी एक महिलाको घर भित्र बसेर रक्सी सेवन मात्रै गर्नुलाई कम्जोरी उनले स्वीकारे पनि अरु तिन जना रामबहादुर कुँवर , बाबुलाल पन्थी र मिनबहादुर रावत निर्दोष हुँदाहुँदै पनि स्थानीय महिलाहरुबाट निर्घात कुटिएको बताईएको छ । 

चिने जानेको हुँदा घर्ति भित्र बसेर रक्सी सेवन गरेको  अरु तिन जना मध्ये दुई जना उनिहरुलाई छाडेर हिडेको र एक जना ढोका बाहिर बसेको स्थानियले बताए । बाहिर ढोकामा बस्नेले स्थानिय केहि महिलाहरु ति महिलाको घर भित्र हेर्न जान्छौं भन्दा नदिएको बताईन्छ । उनलाई गार्डको सज्ञा दिदै रातौरात स्थानिय युवा र महिलाहरु जुटेर घेराउ गर्न थाले पछि बाहिर गएका दुई जनालाई बोलाएर उनिहरु त्यहाँबाट हिडेका थिए । रातभरी उनिहरुको चियो गरेर बसेका स्थानियको आक्रोषलाई नबुझी बिहान त्यसै ठाउँमा उनिहरु पुग्नु नै ठुलो दुर्घटना भोग्न उनिहरुले परेको बुद्धिजिवीहरुको बुझाई छ ।

घर्तिको महिला प्रति  गलत नियत नभएको मदिरा सेवनको बेला आवेशमा बढि कुरा बोलेको प्रति उनले माफी मागेको तर ईन्द्रगौडाका आक्रोषित महिलाहरुले कुट्न नछाडेको प्रत्यक्षदर्शीले बताए । ‘उनिहरुलाई हामी पुरुषले नजोगाएको भए झन ठुलो दुर्घटना हुने थियो, ईन्द्रगौंडका एक व्यवस्यायीले भने– ‘यहाँ सम्मकी सडकमा लडाएर कट्टु समेत थुतिदै थियो, मैले माथी सारी दिएको हुँ ।’ आईतवार साँझ जिल्ला प्रहरी कार्यालयमा ल्याईका उनिहरुको कसैको आँखामा त कसैको शरिरका विभिन्न भागमा चोट थियो । 

त्यसरी महिलाहरु आक्रोषित हुनुको पर्दा भित्रको रहस्य बाहिर नआए पनि खुल्ला सडकमा भएको महिला आक्रमणले हद नाघेको कुटाई खाने पक्षले टिप्पणी गरे पनि उताको महिला पक्षले  आगमी दिनमा अरु पनि महिलालाई ‘माछा नठानुन’ भन्नका लागि गतिलो पाठ सिकाएको बताउँछन् । 

ईन्द्रगौडाकी अगुवा महिला ललिता सुर्यबंशीले ज्यान हत्केलामा राखेर कसैले पैसा कमाएको छ भने त्यसको पाप एक दिन अवस्य धुरीबाट कुर्लिने प्रतिकृया दिईन् ।  ‘किन एक्ली महिलाको घरमा रातीमा रक्सी खान जानु परेको थियो ? ईन्द्रगौडाकी अर्की महिला अगुवा मैना बिकले भनिन, रक्सी खाए पनि  ति महिलालाई धम्काउने र उनका छोरा छोरीलाई गाडीमा हालेर लैजान खोजेका कारण आफुहरु आक्राषित हुनु परेको हो । ’

स्थानिय युवाहरुले यो कुटपिट काण्डलाई रामधुलाईको सज्ञा दिदै खोला लाईनमा माछा  खान आउने नाममा कुनै महिलाहरुलाई गिद्देदृष्टि लगाउनेहरुलाई यो गतिलो पाठ भएको प्रतिकृया दिएका छन् ।  स्थानिय महिलाहरु  सुर्यबंशी र बिकका अनुसार कुटपिट खानेहरुले दुई लाख नगद जरिवाना र माफी मगाए पछि हिजो साँझ ८ बजे मेलमिलाप गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मुद्धाफाँटका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले भने नगद जरिवानाको  विषय आफुहरुलाई थाह नहुने बताए । उनिहरु दुबै पक्ष बाहिरबाट मिलेर आए पछि मात्र आफुहरुले मिलापत्रको कागज गरिएको यादवको भनाई छ । 

निर्घात कुटिएको उनिहरु एक रात भरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा समेत रहनु परेको थियो । विदाको दिन प्राय धेरै जसो युवाहरु खोला लाईन अर्थात  छल्दीको रातचौर, रातडाँडा   र बढिघाट खोला निकारमा भएको होटलहरुमा माछा खान झरेको भन्दै जाने गर्दै आएका छन्  ।  

खोलाको माछा संगै कोड भाषामा अर्को ‘माछा ’ स्त्रीगमन भन्ने गरिन्छ । यो घटना संगै कुनै समय ‘माछा मारन हो दाई हो रक्सीलाई चटनी माछा मारन…’  बोलको पुरानो गीत गाएर त्यस भेगमा झुम्न जानेहरुले अब यस्तो प्यारोडी गाउउनु पर्ने भएको छ कि – खोला नझर हो  दाई हो , रक्सीलाई चटनी माछा नमार….

किनकी माया सार्है महँगो भएझैँ … माछा पनि सार्है महँगो… भन्न थालेका छन् युवाहरु ! 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला