पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>नरी बडु/साउन २४, बैतडी । </b>जिल्लाको पाटन नगरपालिका– १ सकारकी ३४ वर्षिय हरीना बिक मंगलबार दिउसो नजिकैको खोलामा मृत फेला परेकी छिन् ।<br></p><p>सोमबार दिउसो घाँस काट्न भनि घरबाट निस्केकी विक लाई स्थानीयले सुर्नयाँ खोलामा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।</p><p>स्थानीय गोपाल विककी पत्नी रहेकी हरीनाको घटनाबारे अनुसन्धान भईरहेको र सव पोष्टमाटमका लागि इलाका प्रहरी कार्यालय पाटन ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख हेरम्ब शर्माले बताए । उनको सव सुर्नया नदिको बिच बगरमा फेला परेको थियो ।</p>

