Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

पोखरीमा डुबेर तीन बर्षीय बालिकको मृत्यु

By kit

साउन २५, राजविराज । सप्तरीको रुपनी गाउँपालिका–५ अन्तर्गत तेरोहतास्थित पोखरीमा आज डुबेर एक बालिकाको मृत्यु भएको छ ।

सोही गाउँपालिका–६ जगमोहनटोल घर भई तेरोहोता माइती गएकी अमरिकादेवी चौधरीको तीन वर्षीया छोरी दीपिका चौधरी घरनजिकैको पोखरीमा डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले बताउनुभयो ।

उनी खेल्दाखेल्दै सो पोखरीमा डबेको प्रहरीले जनाएको छ । गत साउन २३ गते अमिरिकादेवी रक्षाबन्धन बाँध्नका लागि माइती गएकी थिइन् ।

बालिकाको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायणसिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याइएको र अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । रासस