पढ्न करिब 1 मिनेट लाग्छ

साउन २७, राजविराज । सप्तरीको सप्तकोसी नगरपालिका–३ स्थित सखुवनीटोलमा आफ्नै भाइले रक्सी खाएको झोकमा दाउराको चिर्पट प्रहार गर्दा दाइको आज मृत्यु भएको छ ।

स्थानीय ४० वर्षीय बलराम सदाले आफ्नै दाजु ४२ वर्षीय बल्खुराम मुसहरमाथि दाउराको चिर्पट प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सँगै बसेर रक्सी खाएका दाजुभाइबीच विवाद हुँदा भाइले चिर्पट प्रहार गर्दा बल्खुको मृत्यु भएको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले बताउनुभयो ।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि सोही नगरपालिकाको फत्तेपुरस्थित ओम साई मनकामना अस्पतालमा भर्ना गरे पनि उपचारकै क्रममा आज मृत्यु भएको प्रहरी नायब उपरीक्षक उप्रेतीले जानकारी दिनुभयो ।

चिर्पट प्रहार गर्ने बलरामलाई भने इप्रका कञ्चनपुरले नियन्त्रणमा लिएको छ ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल पठाएको र घटनाबारे अनुसन्धान भइरहेको जिप्रका सप्तरीले जनाएको छ । रासस